जयकृष्ण यादव । इनरुवा
इनरुवा, पुस २३ गते । सुनसरीको सीमावर्ती क्षेत्र कोशी गाउँपालिकाबाट अबैध लागुऔषध गाजाँ सहित दुई जनालाई पक्राउ गरिएको छ । प्रहरीले सोमबार विहान २ बजेको समयमा जिल्लाको कोशी गाउँपालिका वडा नंम्बर ६ कुम्याहीमा नायाँ निर्माण गर्दै गरेको घरमा लागुऔषध लकुाईछुपाई राखको अवस्थामा बरामद गरेको छ ।

स्थानीयको गोप्य सूचनाको आधारमा प्रहरी चौकी श्रीपरुजब्दी र अस्थाई प्रहरी पोष्ट कोशी कटानबाट खटिएको प्रहरीको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा आठ बोरा र दुई पोकामा गरि २१६ किलोग्राम ४५ ग्राम अबैध लागुऔषध गाजाँ सहित दुईजनालाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो । भण्डारीका अनुसार २१६ किलो ४५ ग्राम गाजाँ फेला पारी गाजाँ तस्कारीमा संलग्न सनुसरीको कोशी गाउँपालिका ६ का ३४ वर्षिय सागिर मियाँ र भारतको सपुौल जिल्ला बस्ने ३१ वर्षिय अरबिन्द कुमारलाई कानुनी कार्वाही अगाडि बढाइएको छ । बरामद भएको गाजाँ र मानिसलाई जिल्ला प्रहरी कार्यालय सनुसरीमा राखी थप अनुशंधान भईरहेको जनाएको छ । एक हप्ताअघि मात्रै हरिनगर गाउँपालिका ५ धरमपुर शिशुवाबाट समेत ७० केजी गाजाँ बरामद भएको थियो ।