जयकृष्ण यादव । इनरुवा
इनरुवा, पुस २६ गते । सुनसरीको गढी गाउँपालिका वडा नम्बर १ मधेलीको प्रयासमा मधेली बजारको अनाधिकृत निर्माण गरिएको घरटहरा भत्काईएको छ । गढी १ का वडा अध्यक्ष प्रदिप कुमार चौधरीको पहल र प्रयासमा तीसौ वर्षदेखी सरकारी जग्गा र हाट बजार क्षेत्रमा अतिक्रमण गरेर बनाइएको अनाधिकृत घरटहरा भत्काईएको हो ।


वडा अध्यक्ष चौधरीले मधेली क्षेत्रका २८ वटा घरटहरा भत्काईएको जानकारी दिनुभयो । पूर्व मधेली गाविस अध्यक्ष भद्रनारायाण चौधरीले एतिहासिक रुपमा अनाधिकृत निर्माण गरिएको घरटहरा भत्काईएकोले स्थानीयलाई हाटबजार गर्न सहज हुने बताउनुभयो । गाउँपालिकामा नै पहिलो पटक यती धेरै संख्यामा घरटहरा भत्काईएको वडा सचिव लिला कोईरालाले जानकारी दिनुभयो । कोईरालाका अनुसार गढी गाउँपालिका १ नम्बर वडा कार्यालय आसपासको सार्बजनिक जग्गा अतिक्रमण गरि बनाएका २८ घरटहरा वडा अध्यक्ष प्रदीप कुमार चौधरीको अगुवाइमा स्थानीय सुरक्षा निकाय र स्थानीय राजनितीक दल ,जनप्रतिनिधि तथा नागरिक समाजको सहयोगमा हटाईएको हो ।


अतिक्रमीत संरचना हटाई बजार ब्यबस्थापन गर्न र सार्बजनिक जग्गा संरक्षण गर्ने सम्बन्धमा गढी गाउँपालिकाबाट बिगत ३ बर्षदेखी प्रक्रिया शुरु गरिएकोमा स्थानीय सरोकारवालाबाट उच्च अदालत बिराटनगरमा गाउँपालिका र वडा कार्यालय समेतलाई विपक्षि बनाई बस्ती नहटाउन माग गर्दै मुद्धा दायर गरेका थिए । तर उच्च अदालत बिराटनगर बाट मिति २०७८÷९÷१९ गते अन्तिम फैसला गर्दै अतिक्रमित संरचना हटाई बजार ब्यबस्थापन गर्न र सार्बजनिक जग्गा संरक्षण गर्न गढी गाउँपालिका र १ नम्बर वडा कार्यालयको नाममा निर्देशनात्मक आदेश दिने फैसला गरेको थियो । उच्च अदालतको फैसला कार्यान्वयन गर्न वडा अध्यक्षको संयोजकत्वमा गत बर्ष एक अध्ययन कार्यदल समेत गठन भइ सो कार्यदलको सिफारिसमा कार्यपालिका बैठकले अतिक्रमीत घर टहरा हटाउन २०८० साल मंसिर मसान्तसम्मको समयावधि तोकिएको थियो तर सो अबधि सम्म पनि घर टहरा स्थानीयले नहटाए पछि सर्बपक्षिय बैठक बसि स्थानीय प्रशासनको सहयोगमा बस्ती हटाइएको जनाएको छ । सार्बजनिक जग्गा ओगटेर बनाएका घर टहरा हटाउने कार्य एक ऐतिहासिक कार्य भएको र अब मधेलीमा बिकास निर्माण कार्यले गति लिने कुरामा बिश्वस्त रहेकोले यो कार्यबाट धेरै खुशी भएको वडा अध्यक्ष प्रदिप कुमार चौधरीले बताउनु भयो । अतिक्रमित संरचना हटाउन शसस्त्र प्रहरी बल दुहबीका ससस्त्र प्रहरी निरीक्षक डिगेन्द्र ओलि र इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी सहायक निरीक्षकको नेतृत्वमा ३१ जना सुरक्षा टोलि परिचालन गरिएको थियो । बस्ती हटाउने कार्यको लागी एस्काभेटर प्रयोग गरिएको थियो भने सो कार्य शान्तिपुर्ण रुपमा सम्पन्न भएको थियो ।


१, सुनसरीको गढी १ का वडा अध्यक्ष प्रदिप कुमार चौधरीको पहल र प्रयासमा तीसौ वर्षदेखी सरकारी जग्गा र हाट बजार क्षेत्रमा अतिक्रमण गरेर बनाइएको अनाधिकृत घरटहरा भत्काउदै ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा