इनरुवा, पुस २६ गते । सुनसरीका सरोकारबालाहरुले बन्यजन्तु र मानव बीचको द्धन्द्ध कम गर्नुपर्नेमा जोड दिएका छन् । सामाजिक परीवर्तन केन्द्रको आयोजनामा सम्पन्न भएको प्राकृतिक स्रोतमा आधारित द्वन्द्व र द्वन्द्व रुपान्तरणको विधि विषयक संवाद कार्यक्रममा सरोकारबालाहरुले बन्यजन्तु र मानव बीचको द्धन्द्ध न्युनिकरणका लागि सबैले एकअर्कासंग हातेमालो गर्नुपर्नेमा जोड दिएका हुन् । विहीबार भएको कार्यक्रममा समुदाय, स्रोत उपभोग एवं संरक्षणका विषयमा सबै एक रहेको भएपनि केही कानुनी प्रावधान र केही व्यवहारिक पक्ष तथा सचेतनाको अभावमा कोशी टप्पु बन्य जन्तु आरक्षका बन्यजन्तु र मध्यवर्ती क्षेत्रका मानव बीचको द्धन्द्ध भईरहेकाले त्यसलाई कम गर्न हातोमालो गर्नेमा जोड दिएका छन् । कार्यक्रममा कोशी टप्पु बन्यजन्तु आरक्षका प्रमुख संरक्षण अधिकृत रमेश कुमार यादवले सुनसरीमा मात्रै नभई देशभर नै आरक्ष तथा निकुञ्ज क्षेत्रमा केही न केही रुपमा बन्यजन्तु र मानव बीचको द्धन्द्ध भएपनि त्यसलाई कम गर्ने पक्षमा आफूहरुले काम गर्दै आएको बताउनुभयो ।

यादवले कोशी टप्पु बन्यजन्तु आरक्ष क्षेत्रका नागरिकहरुलाई घास दाउरा, पटेर र माछा मार्न व्यवस्था मिलाएको भएपनि अनाधिकृत रुपमा पशुचौपाया छाड्ने, वृक्षा रोपण गरेकोमा उजाड गर्ने, सिकार गर्ने लगायतका काम बन्द मात्रै गरेको खण्डमा बन्यजन्तु आरक्ष र मानव बीचको द्धन्द्ध कम गर्न सक्ने बताउनुभयो । कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अंसारीले कोशी टप्पु बन्यजन्तु आरक्षमा आउने लाभ प्रमुख संरक्षण अधिकृतहरुले मात्रै लिने र दुख जनताले पाईरहनुपर्ने अवस्था रहेको गुनासो गर्नुभयो । अंसारीले आरक्षमा आएको बजेटहरु पारदर्शि नभएको, जनतासंग समन्वय नभएको र स्थानीय तहहरुलाई जानकारी समेत नदिने प्रवृतिले पनि द्धन्द्ध बढेको बताउनुभयो । उहाँले कोशी टप्पु बन्यजन्तु आरक्षलाई आफूले पटक पटक निकुञ्जमा परिणत गरेर विकास गर्नुपर्ने धारणा राख्दै आएको बताउनुभयो । उहाँले निकुञ्जमा परीणत भएको खण्डमा बन्यजन्तु र मानव बीचको द्धन्द्ध केही मात्रामा भएपनि घट्ने दावी गर्नुभयो । सामाजिक परीवर्तन केन्द्रका डा. प्रकाश भट्टराईले कोशी टप्पु बन्यजन्तु आरक्ष र नागरिकका बीचका असमझदारीहरुलाई अल्पकालिन र दिर्घकालिन गरि दुई हिसावले सम्बोधन गर्नुपर्ने बताउनुभयो । केन्द्रका सुनसरी संयोजक रमेश भट्टराईले प्रमुख संरक्षण अधिकृत, गाउँपालिकाका अध्यक्ष, जनप्रतिनिधिहरु र सरोकारबालाहरुका बीचमा समन्वय, सहकार्य र सहयोगको भावनाले काम गर्न सकेको खण्डमा यसक्षेत्रमा केही न केही रुपमा बन्यजन्तु र मानव बीचको द्धन्द्ध कम गर्न सक्ने बताउनुभयो । कार्यक्रममा अधिकारकर्मी रविन घिमिरे, संरक्षणकर्मी गोपी यादव, विदिलाल सरकार, पीकीं सरदार, राजकुमार शर्मा, नसिबुल्ला मियाँ, अमिन नेपाली मियाँ, पावर्ती उराँव, जागेश्वर यादव सहितले बन्यजन्तु र मानव बीचको द्धन्द्धका बारेमा बोल्नुभएको थियो । संवाद कार्यक्रममा सहजकर्ता जयकृष्ण यादव र रामकुमार मेहताले सहजिकरण गर्नुभएको थियो ।


१, सुनसरीको कोशी गाउँपालिका ३ स्थित कोशी टप्पुमा सामाजिक परीवर्तन केन्द्रको आयोजनामा सम्पन्न भएको प्राकृतिक स्रोतमा आधारित द्वन्द्व र द्वन्द्व रुपान्तरणको विधि विषयक संवाद कार्यक्रमका सरोकारबालाहरु ।
तस्विर ः