​रामधुनी (सुनसरी) । पतञ्जली योग समिति रामधुनीको आयोजनामा सुनसरीको रामधुनीमा १५ दिने बृहत् योग विज्ञान शिविर तथा सह-योग शिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन हुने भएको छ ।

​परम पूज्य योगऋषि स्वामी रामदेवजी महाराज एवं परम श्रद्धेय आयुर्वेद शिरोमणि बालकृष्ण महाराजजीको दिव्य प्रशिक्षण तथा मार्गनिर्देशनमा कार्यक्रम आयोजना गर्न लागिएको हो । पतञ्जली योग समिति कोशी प्रदेश प्रभारी मीष्टर प्रसाद चौधरीको सहजीकरण तथा पतञ्जली योग समिति सुनसरीको तत्त्वावधानमा आगामी २०८३ साल कात्तिक ७ गतेदेखि २१ गतेसम्म १५ दिन शिविर सञ्चालन हुनेछ ।

​रामधुनी नगरपालिका लगायत विभिन्न सहयोगी संस्थाहरूको सहयोग तथा योग विज्ञान शिविर व्यवस्थापन उप-समिति रामधुनी ८ र ९ को स्थानीय व्यवस्थापनमा शिविर सञ्चालन हुन लागेको हर्षलाल चौधरीले जानकारी दिनुभयो ।

​रामधुनी-८ र ९ स्थित शनपश्चरे माध्यमिक विद्यालय, डुम्रहामा सञ्चालन हुने शिविर दैनिक बिहान ४:०० बजेदेखि ६:०० बजेसम्म सञ्चालन हुनेछ ।

​योग र अध्यात्ममार्फत स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित उक्त शिविर तथा प्रशिक्षणमा सहभागी हुन इच्छुक महानुभावहरूलाई आयोजक समितिले हार्दिक अनुरोध गरेको छ । सहभागिताका लागि मोबाइल नम्बर ९८५२०४९६७७ मा सम्पर्क गर्न सकिने जानकारी दिइएको छ ।

योग शिविर (Yoga Camp) भनेको मानिसहरूलाई शारीरिक, मानसिक र आध्यात्मिक रूपमा स्वस्थ बनाउने उद्देश्यले निश्चित दिनका लागि आयोजना गरिने सामूहिक योग प्रशिक्षण कार्यक्रम हो। यस्ता शिविरहरू सामान्यतया ३ दिन, ७ दिन, १५ दिन वा एक महिनासम्मका हुने गर्छन्। त्यसैले रामधुनीमा १५ दिनको शिविर सञ्चालन गर्ने भएको संयाेजक दिपेन्द्र चाैधरीले जानकारी दिनुभयो ।

योग शिविरका मुख्य पक्षहरू यस प्रकार छन्:

  • योगासन: शरीरलाई लचिलो र तन्दुरुस्त राख्ने विभिन्न शारीरिक मुद्राहरू (आसन)।
  • प्राणायाम: श्वासप्रश्वासलाई व्यवस्थित र नियन्त्रण गर्ने विधि, जसले फोक्सोको कार्यक्षमता बढाउँछ र तनाव कम गर्छ।
  • ध्यान (Meditation): मनलाई शान्त र एकाग्र बनाउने अभ्यास।
  • स्वस्थ जीवनशैली र आहार: शिविरमा सात्विक भोजन र सही दिनचर्याबारे जानकारी दिइन्छ।

१. शिविरमा सिकाइने कुराहरू

२. योग शिविरका फाइदाहरू

  • सामूहिक ऊर्जा: धेरै मानिसहरूसँग सँगै अभ्यास गर्दा उत्प्रेरणा मिल्छ।
  • दक्ष गुरुहरूको मार्गदर्शन: अनुभवी योग शिक्षकहरूबाट आसन र प्राणायामको सही विधि सिक्न पाइन्छ।
  • तनाव मुक्ति: व्यस्त जीवनबाट केही समय छुट्ट्याएर योग गर्दा मानसिक शान्ति मिल्छ।
  • रोग नियन्त्रण: मधुमेह, उच्च रक्तचाप, ग्यास्ट्रिक र ढाड दुख्ने जस्ता समस्या व्यवस्थापनमा मद्दत पुग्छ।

३. शिविरका प्रकारहरू

  • निःशुल्क योग शिविर: विभिन्न सामाजिक संघसंस्था, पतञ्जली योग समिति वा स्थानीय तह (नगरपालिका/गाउँपालिका) ले सर्वसाधारणका लागि आयोजना गर्ने शिविर।
  • आवासीय योग शिविर (Residential Yoga Retreat): कुनै निश्चित आश्रम वा रिसोर्टमा बसेर, त्यहीँको वातावरणमा अनुशासित भई गरिने योग साधना।