इनरुवामा ९१५ किला गाँजासहित चार जना पक्राउ
इनरुवा,कार्तिक १ गते÷सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर–४ ज्ञानोदय टोलस्थित एक घरबाट प्रहरीले ९१५ किलोभन्दा बढी गाँजासहित चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक पुष्पराज मल्लका अनुसार शनिबार राति हनुमान मन्दिर नजिक बुलबुल यादवको घरमा गाँजा बिक्री भइरहेको विशेष सूचनाका आधारमा गाँजासहित चार जनालाई नियन्त्रणमा लिएको हो ।
गाउँबाट सूचना प्राप्त भएपछि प्रहरी टोलीले घरमा खानतलासी गरेको थियो । खानतलासीका क्रममा घरको कोठामा लुकाएर राखिएको ९१५ किलो ६८० ग्राम र प्रदेश १–०२–००१ प ९१९९ नम्बरको मोटरसाइकल फेला परेको प्रहरी उपरीक्षक मल्लले जानकारी दिनुभएको छ । पक्राउ पर्नेहरुमा इनरुवा नगरपालिका–४ का ३६ वर्षीय बुलबुल यादव, २३ वर्षीय सन्तोष यादव, ३० वर्षीय आशिष यादव र दुहबी नगरपालिका–१० का २२ वर्षीय कुन्दन यादव रहेका छन् । प्रहरीले गाँजा र मोटरसाइकल सहित चारै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याएर सार्वजनिक गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ । उता गाजाँ काण्डमा पक्राउ परेका मध्ये आषिश यादव निर्दोश रहेको कामका शिलसिलामा काठमाण्डौमा रहेकोमा राती घर आएको मौकामा पक्राउ गरेको स्थानीयको दावी रहेको छ । आषिश यादव इन्जिनियर भएको र जागरिको कामको शिलसिलामा घरबाहिर काठमाण्डौमा रहेकोमा दशैको विदा मनाउन सनिबार रातीमात्रै घर आएको गाजाँ भण्डार भएको घर मा रहेकाले पक्राउ गरेको स्थानीयको दावी छ । बाहिरबाट घर आएको आषिश यादवलाई पक्राउ गरेकाले उसलाई रिहाको लागि स्थानीयहरुले माग गरेको स्थानीय महेन्द्र यादवले बताउनुभयो ।

१,सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर–४ ज्ञानोदय टोलस्थित प्रहरीले ९१५ किलोभन्दा बढी गाँजासहित पक्राउ गरेका चार जनालाई सार्वजनिक गर्दै ।
तस्विर ः । इनरुवा
