चन्द्रोदय कृषि सहकारी संस्था लिमिटेडको १६ आंै बार्षिक साधारणसभा सम्पन्न
सुरेन मेहता । छिटाहा
सुनसरीको गढी गाउँपालिका ३ छिटाहाको चन्द्रोदय कृषि सहकारी संस्था लिमिटेडको १६ आंै बार्षिक साधारणसभा सम्पन्न गरेको छ । गढी गाउँपालिका ३ छिटाहामा रहेको सहकारी भवनमा १६ औं बार्षिक साधारणसभा कार्यक्रम सम्पन्न भएको हो । साधारणसभा कार्यक्रम सहकारी संस्थाका अध्यक्ष सुरेन्द्र प्रसाद मेहताको अध्यक्षता तथा प्रदेश सभा सदस्य रामदेव यादवको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो । प्रमुख अथिति यादवले सहकारीको सधारण सभाको उद्घाटन गमलामा रहेको विरुवामा पानी हालेर गर्नुभएको थियो ।
सधारणसभामा पत्रकार जयकृष्ण यादवले सहकारी सबैको साझा उदेश्य प्राप्त गर्ने संगठित संस्था भएकाले सुशासन, पारदर्शिता, जवाफदेहिता र एकता सहितको मर्मलाई ध्यानमा राखेर काम आग्रह गर्नुभयो । सधारणसभाको सफलताको शुभकामना दिनुहुदै यादवले विभिन्न उदेश्यका साथ गठिन भएको सहकारी मध्ये चन्द्रोदय कृषि सहकारी कृषिसंग सम्बन्धीत भएकाले संघीय तथा प्रदेश सरकारको अनुदानमा विभिन्न यान्त्रिकिकरण गर्ने उपकरणहरु ल्याएर हजारौ किसानलाई योगदान गरेकोमा सहकारीको प्रसंशा गर्नुभयो । यादवले अहिलेसम्म जसरी सफलता पाएर आएको छ त्यसरी नै अगामी दिनहरुमा समेत सहकारीले उदेश्यमुलक कार्य गर्दै जाओस भनेर शुभकामना दिनुभयो ।
साना किसान सहकारी संस्थाका अध्यक्ष देवनारायण मण्डल र अगुवा किसान अजबलाल उराँवले अगुवा किसानलाई थप प्रोत्साहनको कार्यक्रम आवश्यक रहेकोमा जोड दिनुभयो । उराँवले किसानलाई समयमा रासायनिक मल, उन्नत जातका बीउविजन उपलब्ध गराउनुपर्ने, सिचाईको समेत समयमा व्यवस्थापन गर्नुपर्ने माग गार्नुभयो । कार्यक्रममा सहभागी विषेश अथिति गढी गाउँपालिका अध्यक्ष आशनारायण चौधरीलाई किसानहरुलाई सहज तथा अनुदानका कार्यक्रम ल्याउन आग्रह गर्नुभयो ।
































कार्यक्रमका प्रमुख अथिति प्रदेश सभा सदस्य रामदेव यादवले सहकारीको माध्यमबाट देशको विकास गर्न सकिने बताउनुभयो । उहाँले सहकारीद्वारा देश विकासका साथै टुक्रा खेती भन्दा चकलाबन्दी खेती, जनमजदुर अभावमा रहेको समस्या कम गर्न यान्त्रिकिरण र बैज्ञानिकिकरणमा समेत जोड दिनुभयो । उहाँले कृषि र पशुपालनबाट देशको अर्थतन्त्रमा सुधार ल्याउन सक्ने भएकाले त्यसमा व्यवसायीकरण जरुरी रहेको बताउनुभयो । देशको विकासका लागि किसान अगाडि बढैमात्रै केही सार्थक परिवर्तन हुन सक्ने तर्क गर्नुभयो । यादवले साधारणसभा सफलताको शुभकामना समेत व्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रमा कृषि ज्ञान केन्द्रका प्रमुख निलकमल सिंह, गढी गाउँपालिका अध्यक्ष आशनारायण चोधरी, उपाध्यक्ष अनिताकुमारी साह, विभिन्न सहकारीका प्रतिनिधिहरु, सहकारी संस्था लिमिटेडका सेयर सदस्यहरु तथा गाउँबासीको उपस्थिति रहेको थियो । सांस्कृति प्रस्तुति र बार्षिक प्रगति प्रतिवेदन तथा चालु आर्थिक वर्षका लागि योजना, नीति तथा कार्यक्रम पारित गर्दै साधारणसभा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन तथा उद्घोष पत्रकार पवन कुमार रोनियारले गर्नुभएको थियो । संस्थामा हाल १८७ जना सेयर सदस्य रहेको जनाएको छ ।
