इनरुवा माघ १६ गते । विद्यालय व्यवस्थापन समिति महासंघले समिति र प्रधानाध्यापकका लागि अभिमुखिकरण कार्यक्रम आवश्यक रहेको बताएको छ । सोमबार शिक्षा तथा मानव स्रोतसाधन विकास केन्द्र विधालय शिक्षा विकास मापदण्ड निर्धारण शाखाको पत्रको सन्दर्भमा र विधालय शैक्षिक सुशासन सम्बन्धमा शिक्षा विकास तथा समन्वय इकाईमा बुझाउदै विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकका लागि अभिमुखिकरण कार्यक्रम आवश्यक रहेको जनाएको छ । आगामी फागुनमा हुने सुनसरी जिल्ला सामुदायिक विधालय व्यवस्थापन समिति र प्रधानाध्यापक सहितको सम्मेलनको बारेमा समेत शिक्षा विकास तथा समन्वय ईकाइ प्रमुख खगेन्द्र सुवेदीसंग छलफल गरिएको छ । छलफलमा विधालय व्यवस्थापन समिति महासंघ कोशी प्रदेश सचिव हरिबहादुर कार्की, महासंघका हरिनगर अध्यक्ष युवक मुखिया, शारदा मावि बलाहा विव्यस अध्यक्ष खेमराज पोखरेल,सामुदायिक बिधालय व्यवस्थापन समिति महासंघ इनरुवा नगर अध्यक्ष जयकृष्ण यादव सहितको उपस्थिती रहेको थियो ।


उता मंगलबार इटहरीमा महासंघको जिल्ला सम्मेलन तयारी उप समितिको बैठक सम्पन्न भएको छ । महासंघले जिल्ला सम्मेलन भव्यताका साथ सम्पन्न गर्ने र त्यसकालागि विद्यालयहरुसंग आवश्यक सहयोग लिने निणर्य गरेको जनाएको छ । तयारी उप समितिका संयोजक रुद्रबहादुर बस्नेतको अध्यक्षतामा बसेको बैठकमा सचिव ओम गौतम, सदस्य जयकृष्ण यादव, कमला कार्की, युवक मुखिया, यादव गौतम, विधालय व्यवस्थापन समिति महासंघका केन्द्रिय सचिव काशीनाथ दंगाल, कोशी प्रदेश सचिव हरिबहादुर कार्की सहितको उपस्थिती रहेको थियो ।