वीपी कोईरालाको ४० औं स्मृति दिवशमा वृक्षारोपण
वीपी कोईरालाको ४० औं स्मृति दिवशमा वृक्षारोपण
सुनसरीको विभिन्न स्थानमा महामानव बीपि कोइरालाको ४० औ स्मृति दिवसको अवसरमा नेपाली काङ्ग्रेसले वृक्षारोपण गरेको छ । नेपाली काग्रेंस सुन्सरी क्षेत्र नम्बर ४ (ख) प्रदेश सभा कार्य समिति तथा हरिनगर गाउँपालिका कार्य समितिको संयूक्त आयोजनामा वृक्षारोपण गरेको हो । वृक्षारोपण कार्यक्रममा प्रदेश १ सदस्य अम्बिका घिमिरे, सुनसरी ४ (ख) सभापती भिखारी मण्डल, हरिनगर गाउँ सभापति नुनु अन्सारी, हरिनगर गाउँपालिकाका उपाध्यक्ष रिमझिम कुमारी भगत, उपसभापती केशरीराज अधिकारी, सचिव द्वोय विष्णुदेव मण्डल र नईम अन्सारी, राजेश पाल र सलामुद्दिन अन्सारी सहितले वृक्षारोपण गर्दै कोईरालाको जिवनी माथि चर्चा गर्नुभएको थियो ।
त्यसैगरी हरिनगरका वडा सभापतिहरु सेराजुद्दिन मियाँ, जयचन झा, सुरेश मण्डल, उपसभापति जियाउद्दिन अन्सारी, सचीव जुबेर अन्सारी, क्षेत्रिय प्रतिनिधि मजहर आलम लागायतका नेता कार्यकर्ताहरुका उपस्थितिमा हरिनगर गाउँपालिका १ को बालकृष्ण माविमा बृक्षारोपन कार्यक्रम सम्पन्न गरेको पार्टी हरिनगर सचिव राजेश कुमार पालले जानकारी दिनुभयो ।
उता शुक्रबार विहान वी.पि.स्मृति दिवशको अवसरमा युवा वर्ष आधारभुत विद्यालयको प्राङ्गणमा वृक्षारोपण गरेको छ । भोक्राहा नरसिंह गाउँपालिका कार्यालयमा सरसफाई, नेपाली कांग्रेस गाउँपालिका समितिको कार्यालय उद्धघाटन गरिएको छ ।

१, सुनसरीको हरिनगर गाउँपालिका १ को बालकृष्ण माविमा बृक्षारोपन गर्दै ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा
