अनिल श्रेष्ठ । इनरुवा
इनरुवा, माघ २० गते । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसान सुनसरीको १० औं हिसान स्र्पोट मिटको अवसर पारेर गोरखापत्र दैनिकका इनरुवा समाचारदाता जयकृष्ण यादव सहित तीन जना पत्रकारलाई पुरस्कृत गरिएको छ ।

हिसान सुनसरीको इटहरी स्थित कस्तुरी कलेजमा भएको कार्यक्रममा गोरखापत्रकर्मी यादव सहित पत्रकार अर्जुन सुवेदी र भोजराज श्रेष्ठ सहित पुरस्कृत हुनुभएको हो । यादव सहित तीनैजनालाई जनही नगद १० हजार रुपियाँ सहित हिसान शिक्षा पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको जानकारी दिएको छ ।


हिसानका सुनसरी अध्यक्ष सागर प्रसाद भट्टराई र प्रमुख अथिति युवराज शर्माले पुरस्कार तथा सम्मान पत्र प्रदान गर्नुभएको थियो ।

पत्रकार यादव २०६१ सालदेखि शिक्षा क्षेत्रमा कलम चलाउदै आउनुभएका यादवलाई पत्रकारिताको माध्यमबाट समाजमा शैक्षिक जागरण तथा सचेतना विकास गर्न पुर्यानुभएको विशिष्ट योगदानको उच्च सम्मानसहित हिसान शिक्षा पत्रकारिता पुरस्कारबाट पुरस्कृत गर्नुभएको थियो । यसअघि सुनसरी हिसान शिक्षा पत्रकारिता पुरस्कारबाट सुविद गुरागाई, हिमाल दाहाल र भैरव आङला पुरस्कृत भईसक्नुभएको छ ।

हिसान शिक्षा पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा हिसानका सचिव हेमन्द भण्डारी, इटहरी शिक्षा महाशाखा प्रमुख, केन्द्रिय सल्लाहकार लेखनाथ घिमिरे, केन्द्रिय सदस्य मुकुन्द घिमिरे, गंगा चौलागाई, बलराम पन्त, कोशी प्रदेश अध्यक्ष ज्ञानबहादुर खड्का, उपाध्यक्ष गणश दुलाल सहितको उपस्थिती रहेको थियो । उच्च शिक्षालय तथा माध्यमिक बिद्यालय संघ हिसान सुनसरीको स्पोर्टस मिट समापन, हिसान शिक्षा पत्रकारिता पुरस्कार बितरण(धरान, इटहरी, इनरुवा क्षेत्र ३ जना ) पत्रकारलाई तथा थारु लोक नृत्य प्रतियोगिता सम्पन्न गरेको छ । कस्तुरी कलेज इटहरी ९ मा भएको कार्यक्रममा जिल्लाका १६ विद्यालय तथा कजेलका प्रतियोगिताहरुको सहभागिता रहेको थियो ।

सम्मानित पत्रकार जयकृष्ण यादव ः बुवा जसलाल यादव । आमा भोलादेवी यादवको प्रथम सुपुत्रका रुपमा २०४१ सालमा जन्मीनुभएका यादव विगत १९ वर्षदेखि सक्रिय पत्रकारिता गर्दै आउनुभएको छ । पत्रकार जयकृष्ण यादव सुनसरी जिल्लालाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आउनुभएको छ । इनरुवाको पपुलर एफ एमएम १० वर्ष सम्पादक, करनाल दैनिक, मनिगं टाईम्स, औजार दैनिक, स्टार एफएम, भुरुकवा एफएम, कृष्णा दैनिक, सगरमाथा टिभि, नेपाल वान टिभी, सहित १६ वर्षदेखि गोरखापत्र दैनिकमा आबद्ध हुनुहुन्छ । अहिले उहाँ गोरखापत्र दैनिकका इनरुवा समाचारादाता सहित जजन्युज र सत्य संसारको लागि संचालक तथा सम्पादकको रूपमा कार्यरत हुनुहुन्छ । बिशेषत शिक्षा, सुशासन, स्वास्थ्य र खेलकुद बिधामा बढी कलम चलाउने उहाँ नेपाल सरकारको शिक्षा मन्त्रालयबाट २०६९ साल र २०७२ सालमा क्षेत्रिय शिक्षा पत्रकारिता पुरस्कारबाट सम्मानित भइसक्नुभएको छ । हालसम्म विभिन्न संस्थाबाट उहाँ ७६ वटा सम्मानबाट सम्मानित तथा पुरस्कृत भइसक्नुभएको छ । स्नातकोतर तहसम्मको अध्ययन गर्नुभएका उहाँ अहिले इनरुवा ९ बबिया निवासी हुनुहुन्छ । यादावले सम्मान र पुरस्कारका लागि छनौट गरेकोमा हिसान परिवारलाई धन्यवाद दिनुभयो ।


सम्मानित इटहरीका पत्रकार अर्जुन सुवेदी ः विगत १७ वर्षदेखि सक्रिय पत्रकारिता गर्दै आएका अर्जुन कुमार सुबेदी एक दशकदेखी सुनसरी जिल्लालाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आउनुभएको छ । विराटनगरको बी एफएम, कोसी एफएम, काठमाण्डौको थाह खबर, हिमालय टिभी, राजधानी दैनिक, इटहरीको सप्तकोसी एफ लगायतका सञ्चार माध्यममा काम गरिसकेका सुबेदी विगत ५ वर्षदेखि देशकै अग्रणी सञ्चार गृह कान्तिपुर मिडिया ग्रुपमा आबद्ध हुनुहुन्छ । अहिले उहा कान्तिपुर टेलिभिजन, कान्तिपुर दैनिक, रेडियो कान्तिपुर, ई कान्तिपुर र द काठमाडौँ पोस्टको लागि सुनसरी संवाददाताको रूपमा सक्रिय हुनुहुन्छ । बिशेषत शिक्षा, स्वास्थ्य र खेलकुद बिधामा बढी कलम चलाउने उहा नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रालयबाट यसै वर्ष मात्र उत्कृष्ट खेलकुद पत्रकारिता पुरस्कारबाट सम्मानित भइसक्नुभएको छ । धरान फुटबल क्लब, राष्ट्रिय जागृति क्लब इटहरी, हराइजन क्लब धरान, ब्रिटिस गोर्खा कम्पनी लगायत एक दर्जन संघ संस्थाबाट उहा सम्मानित तथा पुरस्कृत भइसक्नुभएको छ । स्नातक तहसम्मको अध्ययन गर्नुभएका उहा अहिले इटहरी ९ निवासी हुनुहुन्छ ।
सम्मानित धरानका पत्रकार भोजराज श्रेष्ठ ः विगत १७ वर्षदेखि सक्रिय पत्रकारिता गर्दै आएका श्रेष्ठ डेढ दशकदेखी सुनसरी जिल्लाको धरानलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आउनुभएको छ । श्रेष्ठ औजार दैनिक सहित हाल ब्लाष्ट टाईम्सका कार्यकारी सम्पादक हुनुहुन्छ ।


१, गोरखापत्र दैनिकका इनरुवा समाचारदाता जयकृष्ण यादवलाई हिसान शिक्षा पत्रकारिता पुरस्कारबाट पुरस्कृत गर्नुहुदै ।
सौजन्य तस्विर ः अनिल श्रेष्ठ । इनरुवा