इनरुवामा साहित्य कार्यक्रम सम्पन्न
जयकृष्ण यादव । इनरुवा
इनरुवा, साउन ७ गते । सुनसरी सदरमुकाम इनरुवामा साहित्य कार्यक्रम सम्पन्न भएको छ । जिल्ला सदरमुकाम इनरुवामा ‘सिर्जनामा इनरुवा’ साहित्यिक कार्यक्रमको १६ औँ शृङ्खला सम्पन्न भएको हो ।

इनरुवाका साहित्यकार र पत्रकारहरूको रचना, विचार र कला प्रस्तुत गर्ने थलोको रुपमा रहेको सिर्जनामा इनरुवाको १६ औँ शृङ्खला शनिवार सम्पन्न भएको जनाएको छ ।

गीत, गजल, कविता, लघु कथा र लघु नाटकसहित सम्पन्न भएको कार्यक्रममा इनरुवा नगर क्षेत्रसहित इटहरी उपमहानगरपालिका र मोरगं सुन्दर दुहरी तथा हरैचासम्मका साहित्यकार तथा कलाकारहरूको उपस्थिति रहेको थियो । सम्पन्न कार्यक्रममा कलाकार तथा पत्रकार र साहित्यमा रुचि राख्ने ४५ बढी सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा साहित्यकार रोमु अधिकारी, नरेन्द्र बजगाई, निरज कोईराला, विनोद विवश, बिन्दु ओझा, जेनिश देव, रामकृष्ण मेहता, अभिषेक यादव, टिका मिलन, कृष्ण प्रसाद गौतम, प्रभुराम दुलाल, देव प्रसाद पोखरेल, रविन्द्र कडेल, अर्जुन कार्की, कर्ण बहादुर भण्डारी, खखेरा, नारायण दंगाल, टिका आचार्य सिवाकोटी, रंगलाल भट्टराई, राजन निरौला, पुरुषोतम घिमिरे, डम्बरुबल्भ भण्डारी, यसोधा अधिकारी, द्धारिका प्रसाद पौडेल, डाकुनाथ कोईराला, किसोर कोईराला, सागर तिमिल्सीना, टिका मिलन, संकुन्तला मन्जरी, जयकृष्ण यादव, दिपक मण्डल, अर्जुन दाहाल, कविराज घिमिरे सहितले रचना बाचन गर्नुभएको थियो ।

साहित्य कार्यक्रम सिजर्नामा इनरुवाका अध्यक्ष लीलानाथ सिलवालको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन रमेन्द्रमुनी कोईरालाले गर्नुभएको थियो ।

१, सुनसरी जिल्ला सदरमुकाम इनरुवामा ‘सिर्जनामा इनरुवा’ साहित्यिक कार्यक्रमको १६ औँ शृङ्खलामा साहित्यकारहरु ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा





