गाउँमा पनि सुविधा सम्पन्न अस्पताल
जयकृष्ण यादव । इनरुवा
इनरुवा, जेठ ९ गते । सुनसरीको सीमावर्ती भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ४ स्थित सुनसरी खोला र पूर्व पश्चिम राजमार्गसगैं नीजी लगानीमा ५० सैयाको अस्पताल सञ्चालनमा आएको छ । नरसिंहको राजमार्ग छेउमा सप्तकोशी न्युरो अस्पताल सञ्चालनमा आएको हो । जिल्लाको धरान र इटहरी पछिको सुविधासम्पन्न ५० सैयाको अस्पताल सञ्चालनमा आएको हो । डा रामबाबु गिरीको ६० करोड लगानीमा भोक्राहा नरसिंहमा आधुनिक उपकरण सहितको ५० शैयाको सुविधा सम्पन्न अस्पताल सञ्चालनमा आएको जनाएको छ ।
अस्पतालको उद्घाटन भने विहीबार पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एक समारोहका बीच उद्घाटन गर्नुहुने कार्यक्रम रहेको डा. गिरीले जानकारी दिनुभयो । डा. गिरीले उद्घाटन पूर्व सन्धयामा पत्रकार सम्मेलनको आयोजना गरि दिनुभएको जानकारी अनुसार एक सय जना जनशक्ती सहितको सेवा सुचारु गरेको र विहीबार ओलीले एक समारोहका बीच उद्घाटन गर्नुहुनेछ । स्थानीय तहमा नै स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यले ६० करोडको लगानी र एक सय बढीलाई प्रत्यक्ष रोजगार तथा दैनिक सयौंलाई स्वास्थ्य उपचार सेवा प्रदान गर्ने गरी अस्पताल सञ्चालनमा ल्याएको जानकारी दिनुभएको छ । अस्पतालमा निशुल्क विरामी ओपीडि जाँच, भिडियो एक्सरे, एक्सरे, सीटी स्क्यान, ल्याव, इसीजी, आईसीयु, एनआईसीयु, भेन्टिलेटर, न्युरो सर्जरी शल्यकृया, हाडजोर्नी शल्यकृया, जनरल, मेडिकल, प्याथोलोजी, गाइनो,डेरीभरी सम्बन्धी शल्यकृया, फार्मेसी, रेडियोलोजी, फिजियोथेरापी र माइनर ओटी लगायतका सेवाहरु संचालनमा ल्याइएको जनाएको छ ।


१, भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ४ स्थित सुनसरी खोला र पूर्व पश्चिम राजमार्गसगैं नीजी लगानीमा निर्माण भएको ५० सैयाको अस्पताल सञ्चालनमा बारेमा जानकारी दिदै ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा
