महासंघको पदाधिकारीलाई प्रमाण पत्र
जयकृष्ण यादव । इनरुवा
इनरुवा, जेठ ११ गते । सुनसरीको कोशी गाउँपालिकामा सामुदायिक विधालय व्यवस्थापन समिति महासंघ कोशीका निर्वाचित पदाधिकारीहरुलाई प्रमाण पत्र वितरण गरिएको छ । कोशी गाउँपालिकाभरीको विभिन्न विद्यालयहरुको व्यवस्थापन समितिहरुको छाता संस्था सामुदायिक विधालय व्यवस्थापन समिति महासंघ कोशीका अध्यक्ष सुलेमान मंसुरी सहित १५ जना निर्वाचित पदाधिकारीहरुलाई प्रमाण पत्र वितरण गरिएको हो । एक कार्यक्रमका बीच निर्वाचन समितिका संयोजक वेदराज अधिकारी र प्रमुख अथिति एवम् कोशीका अध्यक्ष ऐयुव अंसारीले पदाधिकारी तथा सदस्यहरुलाई प्रमाण पत्र वितरण गर्नुभएको छ । महासंघका कोशी उपाध्यक्ष मुसा अंसारी, सचिवमा राजकुमार यादव, सहसचिव श्याम सदा र कोषाध्यक्षमा निर्मलादेवी सरदार तथा सदस्यहरुलाई प्रमाण पत्र वितरण गरिएको छ ।











त्यसैगरी सदस्य महेन्द्र यादव, समसुल अंसारी, समसुल मंसुरी, जोगिन्द्र उराँव, रामपृत मण्डल, बसिर मंसुरी, मुतुर्जा मंसुरी, श्याम सिंह, कासिम मंसुरी, सरितादेवी राउत सहितलाई प्रमाण पत्र वितरण गरिएको निर्वाचन मण्डल संयोजक वेदराज अधिकारीले जानकारी दिनुभयो ।




कोशी प्रदेश सभा सदस्य सदानन्द मण्डल, महासंघका इनरुवा अध्यक्ष जयकृष्ण यादव, कोशीका उपाध्यक्ष अनिता यादव, प्रमुख प्रशासकिय अधिकृत दामोदर दाहाल सहितको उपस्थितीमा प्रमाण पत्र वितरण गरेको थियो । महासंघले शैक्षिक सुधारका प्रयास र शैक्षिक वातावरण बारेमा काम गर्दै आएको जनाएको छ । सामुदायिक विधालय व्यवस्थापन समिति महासंघले हामी सुधार्छौ हाम्रो विद्यालय नाराका साथ अनुगमन गरेको महासंघका कोशी अध्यक्ष सुलेमान मंसुरीले जानकारी दिनुभयो ।
