नेपाल मुस्लिम संघको १६ औ स्थापन दिवसमा फलफूल तथा स्टेसनरी वितरण
जज संवाददाता । इनरुवा
नेपाल मुस्लिम संघको १६ औ स्थापन दिवसको उपलक्ष्यमा दारुल उलूम हिदायतुल इस्लाम मदरसाका बालबालिकाहरुलाई फलफूल तथा स्टेसनरी वितरण गरिएको छ ।

नेपाल मुस्लिम संघ सुनसरी जिल्ला कार्य समिति तथा नगर कार्य समिति इनरुवाले संयुक्त रुपमा इनरुवा नगरपालिका स्थित दारुल उलूम हिदायतुल इस्लाम मदरसाका बालबालिकाहरुलाई फलफूल तथा स्टेसनरी वितरण गरि १६ औ स्थापन दिवस मनाएको संघका वहाब अंसारीले जानकारी दिनुभयो ।



संघको १६ औ स्थापन दिवस संघका अध्यक्ष हारुन अंसारीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा संघका नईम अंसारी, हाजी हारुन खाँ, अमोलवी मोलाहाहरु र विधार्थीहरुको उपस्थिती रहेको थियो ।
