https://drive.google.com/file/d/1c_fYu3zSeM7sxz6C8DdOBWT1w9B3PWVo/view

काठमाडौँ ,जेठ १५ गते ।  सरकारले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएको छ ।  

अर्थमन्त्री वर्षमन पुनले संघीय संसदको बैठकमा मंगलबार आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै  १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट प्रस्तुत गर्नुभएको हो। 

व्ययतर्फ सबैभन्दा बढी चालुतर्फ छुट्याइएको छ । चालूतर्फ कुल विनियोजन बजेटको ६१.३१ प्रतिशत अर्थात ११ खर्ब ४० अर्ब ६६ करोड बजेट विनियोजन गरिएको छ । 

पुँजीगततर्फ कुल विनियोजन रकमको १८.९७ प्रतिशत अर्थात तीन खर्ब ५२ अर्ब  ३५ करोड बजेट विनियोजन गरिएको अर्थमन्त्री पुनले बताउनुभयो । 

वित्तीयतर्फ कुल विनियोजन बजेटको १९.७४ अर्थात तीन खर्ब ६७ अर्ब १८ करोड बजेट विनियोजन गरिएको छ । यो अनुमान चालू आर्थिक वर्षको विनियोजन रकमको तुलनामा ६.२ प्रतिशतले बढी हो भने संशोधित अनुमानको तुलनामा २१.५६ प्रतिशतलले बढी हो ।