इनरुवामा सहकारी प्रतिनिधिसंग अन्तरकृया

जयकृष्ण यादव । इनरुवा
इनरुवा, जेठ १९ गते । सुनसरीको इनरुवा नगरपालिकाले नगर क्षेत्रका सहकारी संस्थाका प्रतिनिधिहरुसंग अन्तरकृया गरेको छ । सहकारीको सरक्षण र अवस्थाको बारेमा जानकारी आदानप्रादनन गर्ने उदेश्यका साथ इनरुवा नगरपालिका भित्र भएका सहकारी सस्थाहरु बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

इनरुवा नगरपालिकाका नगर प्रमुख केदार भण्डारीको अध्यक्षता सम्पन्न भएको कार्यक्रमलाई सम्बोधन गर्दै सहकारीकर्मीहरुले सहकारीमैत्री बजेट ल्याउनुपर्नेमा जोड दिएका छन् । सहकारीहरुले सेवा प्रवाहलाई विशेष जोड दिनुपर्ने बताउर्दै सेवा प्रवाहलाई चुस्तदुरुस्त गराउन नगरपालिकाले समेत समन्वयकारी भुमिका निर्वाह गर्नुपर्ने सहकारीकर्मी विन्देश्वर मेहताले बताउनुभयो । कार्यक्रममा नगर प्रमुख केदार भण्डारीले सहकारीहरुलाई आयआर्जन संग जोड्नुपर्ने बताउनुभयो । भण्डारीले नगरपालिकाको आर्थिक बिकासको रूपमा सरकारी मेरुदण्ड रूपमा रहेको बताइन । त्यस्तै अन्तरक्रिया कार्यक्रममा सुशासन, नेतृत्व बिकास, व्यवसायीकता र आर्थिक समृद्धिमा सहकारी बिषयमा प्रमुख प्रशासकिय अधिकृत डिल्लीराज निरौलाले सहजीकरण गर्नुभएको थियो ।


१, इनरुवा नगरपालिकाले नगर क्षेत्रका सहकारी संस्थाका प्रतिनिधिहरुसंग गरेको अन्तरकृया कार्यक्रमका सहभागि तथा नगरका पदाधिकारीहरु ।
तस्विर ः