जयकृष्ण यादव । इनरुवा
इनरुवा, असार २५ गते । सुनसरीको सीमावर्ती हरिनगर गाउँपालिका वडा नम्बर १ को चपडाही आधारभुत विद्यालयले विधार्थीहरुको सरसफाईका लागि अभिभावकलाई सावुन र विधार्थी नियमित गर्नलाई छात्रवृति वितरण गरेको छ ।
गरिब, विपन्न समुदायका बालबालिकाहरु पढ्न आउने र सफसफाई समेत ध्यान दिएको , लुगा समेत सपाई नगरेको पाइएकाले चपडाही आधारभुत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष युवक मुखियाले विधार्थीहरुको सरसफाईका लागि अभिभावकलाई नुहाउने र लुगा धुने सावुन तथा विधार्थीलाई नियमित गर्न छात्रवृति एकसाथ वितरण गर्नुभएको हो ।

एक कार्यक्रमका बीच संकेतीक रुपमा दुई । दुई वटा साबुन र सरकारले तोकेको मापदण्ड अनुसारको छात्रवृति वितरण गरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष युवक मुखियाले जानकारी दिनुभयो । हरिनगरका मलाहा, मण्डल, दास र केही मुस्लिम विधार्थीहरु अध्ययन रत्त रहेको चपडाही आधारभुत विद्यालयमा पहिलो पटक एक सय बढी अभिभावकलाई विद्यालयमा बोलाएर सावुन र विधार्थीलाई छात्रवृति वितरण गरेको स्थानीय अभिभावक दुर्गी बहरदारले जानकारी दिनुभयो ।


विद्यालयका प्रधानाध्यापक अरुण साह सोनारले चपडाही आधारभुत विद्यालयमा पूर्ण रुपमा गरिब, विपन्न र दलित सुमदायका विधार्थीहरु रहेकोले नियमित नआउने, आएपनि लुगा मैलौ लिएर आउने समस्या रहेकाले समितिसंगको छलफलमा अभिभावकलाई विधालयसम्म आउने वतावरण र विधार्थीलाई टिकाउने उदेश्यका साथ विधार्थीको सरसफाईका लागि अभिभावकलाई सावुन र विधार्र्थीलाई छात्रवृति वितरण गरेको बताउनुभयो । सोनारले आफूहरु पहिलो पटक विद्यालयको आन्तरिक स्रोतबाट अभिभावकलाई सावुन र विधार्थी नियमित गर्नलाई स्टेस्नरी, कपि, पेन्सिल, डटपेन सहित नगद छात्रवृति प्रदान गरिएको बताउनुभयो । विगतमा नियमित नगद छात्रवृति दिदै आएकोमा यसपाली चपडाही आधारभुत विद्यालयले विधार्थीहरुसगैं अभिभावकलाई समेत राखेर सावुन र छात्रवृति वितरण गरिएको जानकारी दिनुभयो ।

१, हरिनगर १ को चपडाही आधारभुत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष युवक मुखियाले विधार्थीहरुको सरसफाईका लागि नुहाउने र लुगा धुने सावुन सहित स्टेस्नरी र छात्रवृति वितरण गर्नुहुदै ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा