सुरेन्द्र कुशवाहा । इनरुवा
इनरुवा, साउन २३ गते । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका केहीदियता चोरीको घटना बढेको छ । एक हप्ता यता सानोतिनो चोरीका घटना जारी रहेकोमा मंगलबार राती एकै दिनमा तीन घरमा चोरी भएको हो ।
भोक्राहा नरसिंह वडा नम्बर २ आकाहामा सुबोध लाल मेहताको घरबाट काठको बाकसमा राखिएको नगद सहित ५० हजार बजारको धनमाल ,सदानन्द मेहतालेको देवता कोठा बाकसबाट नगद २० हजार रुपियाँ र भारतको तिर्थ जाने भनेर राखेको भारतीय रुपियाँ पाँच हजार समेत चोरेको छ । त्यसैगरी चान्दिको गरगहना, नगद र भाडावर्तन समेत चोरी भएको पीडितहरुले जनाएका छन् । त्यसैगरि भोक्राहा नरसिंह २ आकाहामा रसिलाल मेहताको घरबाट मोबाइल र टर्च चोरले चोरी गरि लगिएको घर धनीले जानकारी दिनुभएको छ । गर्मी र बर्षाको मौकामा एकै राती तीन घरमा चोरीको घटना भएपछि स्थानीयबासी त्रासित बनेका छन् । स्थानीयले नाम बतन नखुलेको एक चोरीलाई पक्राउ गरेर प्रहरीको जिम्मा लगाएको स्थानीयको कथन छ । चोरीको घटनामा संलग्नलाई अनुसंधानको दायरामा ल्याएको चोरीको बारेमा थप्प अनुसन्धान भइरहेकोे जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । एक जनालाई प्रहरीले पक्राउ गरी अनुसंधान थालेको प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीले जनाकारी दिनुभयो ।


उता स्थानीयहरु गाउँमा चोरीको घटनालाई ध्यानमा राखेर जाग्राम बस्न बाध्य भएको स्थानीय सुरेन्द्र कुशवाहाले जनाकारी दिनुभयो ।