सेवाग्राही तथा कर्मचारी आमाहरुको लागि स्तनपान कक्ष
रुपेश कुमार मोची । इनरुवा
इनरुवा, साउन २२ गते । इनरुवा नगरपालिकाले नगरमा सेवा गर्ने महिला कर्मचारी तथा आउने सेवाग्राहीहरुलाई ध्यानमा राखेर पहिलो पटक स्तनपान कक्ष सञ्चालनमा ल्याएको छ ।
नगरपालिका परिषरमा मापदण्ड बमोजिमको सेवाग्राही तथा कर्मचारी आमाहरुको लागि स्तनपान कक्ष उद्घाटन गरेसगैं सञ्चालमा आएको छ । विश्व स्तनपान सप्ताहाको अवसरमा सेवाग्राही तथा कर्मचारी आमाहरुको लागि इनरुवा नगर प्रमुख केदार भण्डारी र उपप्रमुख विनिताकुमारी मेहताले संयुक्त रुपमा स्तनपान कक्षको उद्घाट


न गर्नुभएको हो ।
संघीय सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक स्थल तथा स्वास्थ्य संस्थाहरूमा स्तनपान कक्ष बनाउने लक्ष्य लिएकोले सोही कुरालाई सार्थक पार्ने र नगरमा आउने सेवाग्राही तथा कर्मचारी आमाहरुलाई ध्यानमा राखेर स्तनपान कक्षको उद्घाटन गरेर सञ्चालमा ल्याएको इनरुवा नगर प्रमुख केदार भण्डारीले बताउनुभयो ।
नगरलाई २०८३ सम्ममा मातृ तथा बालमैत्री नगर बनाउने भएकाले त्यसमा पनि टेवा पुग्ने र त्यो भन्दा धेरै सेवाग्राहीहरुलाई सहजताका लागि स्तनपान कक्ष स्थापना गरिएको उपप्रमुख विनिताकुमारी मेहताले बताउनुभयो ।
‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी ऐन २०७५’ मा सरकारी, गैरसरकारी, निजी सङ्घ संस्थाले आ–आफ्ना कार्यालयमा कार्यरत महिलालाई शिशु जन्मेको दुई वर्षसम्म कार्यालय समयमा आमाको दुध चुसाउन छुट्टै कोठाको व्यवस्था गर्नुपर्ने प्रावधान छ ।
स्तनपानलाई सबैभन्दा पुरानो र पहिलो खोप मानिनुका साथै मुखबाट दिइने सुरक्षित खोप पनि भएकाले दुध चुसाउन छुट्टै कोठाको व्यवस्था गरेको मेहताको भनाई थियो ।
मेहताले भन्नुभयो,“आमाको दूधमा रोग निरोधक तत्व हुन्छ, यसले नवजात शिशुमा रोगसित लड्नसक्ने क्षमता बढाउँछ । शिशुलाई चाहिने सम्पूर्ण आहार नै दूध हो । शिशुका लागि सबैभन्दा सुरक्षित पानीको स्रोत पनि दूध हो ।”
