इनरुवा, साउन २६ गते । सुनसरीको इनरुवा नगरपालिकामा हिन्दु स्वयमसेवक संघको संगठन विस्तार तिव्र पारिएको छ । हिन्दु समुदायलाई संगठित गर्ने, संस्करको सरंक्षणमा टेवा गर्ने र आम मानवको सेवा गर्ने उदेशयका साथ इनरुवा नगरपालिकामा हिन्दु स्वयमसेवक संघको संगठन विस्तार तिव्र पारिएको हो । सनिबार इनरुवा ९ बबियाको शिवमन्दिरमा भएको हिन्दु स्वयमसेवकहरुको भेलाले कपलेश्वर यादवको संघचालक समिति गठन गरिएको छ । संघको संगठन विस्तार तिव्र पारिएको बेला यादवको नेतृत्वमा १९ सदस्य संघ गठन गरेको हो ।

संघको सह संघचालकमा फुलचन मेहता, दखन खत्वे, कार्यवाह सुनरलाल साह, सह कार्यवाह प्रमोद यादव, राजकुमार मेहता, व्यवस्थान प्रमुख राजेश मेहता, सह व्यवस्थापक प्रमुख अरुण मेहता चयन हुनुभएको छ । त्यसैगरी संघको शारिरिक प्रमुखमा अक्षय शर्मा, सह प्रमुखमा तेजनारायण मेहता, बौद्धिक प्रमुखकमा अजय मेहता, सह बौद्धिक प्रमुखमा गंजाई साह, सम्र्पक प्रमुखमा आनन्द मेहता, सह सम्र्पक प्रमुखमा सत्यनारायण खत्वे, सेवा प्रमुखमा हरिनारायण मेहता, सह सेवा प्रमुखमा धनिकलाल खत्वे, प्रचार प्रमुखमा रामदेव मेहता र सह प्रचार प्रमुखमा बलराम मेहता चयन हुनुभएको जिल्ला संघचालक राजकुमार मेहताले जानकारी दिनुभयो । कार्यक्रममा संघका दिलिपचन्द साहु, श्रवण यादव, इश्वर पण्डीत, जयकृष्ण यादव, रघुनन्दन मेहता सहितको सय बढीको उपस्थिती रहेको थियो ।

संघ परिचय एवं संघ विस्तार

सुनसरी इनरुवा -९, बबिया

हिन्दू स्वयंसेवक संघ नेपाल, कोशी संभाग