इनरुवा ९ बबियामा हिन्दु स्वयंसेवक संघको गठन
सुनसरी सदरमुकाम इनरुवा ९ बबियामा हिन्दु स्वयंसेवक संघ नेपालको वडा कमिटि विस्तार गरिएको छ । सुनसरीको इनरुवा ९ बबियामा गुरुदक्षिणा, समर्पण, उत्सव, कार्यक्रमको तयारी सहित बैठक र बबियामा हिन्दु स्वयंसेवक संघको गठन गरिएको हो । इनरुवा वडा नं.९ बबिया स्तरीय संघको संघचालक तेजनारायाण मेहता, सह संघचालक सूर्यनारायण साहु, कार्यवाहक कपलेश्वर यादव, सह कार्यबाहक श्यामकुमार रौनियार, व्यवस्थापक रामकुमार यादव, बौद्धिक प्रमुख अक्षय शर्मा, सह बौद्धिक प्रमुख शिवनारायाण मेहता, सम्र्पक प्रमुख धनिकलाल खत्वे, प्रचार प्रमुख करण शर्मा सहितको १९ सदस्य समिति बिस्तार गरिएको छ । त्यसैगरी सेवा प्रमुखमा रामकुमार यादव, सह सेवा प्रमुखमा नरेश साह, शारिरिक प्रमुखमा हरि मेहता, सह शारिरिक प्रमुखमा गणेश मेहता, सह धर्म जागरण प्रमुखमा जोगिन्द्र शर्मा, ग्राम विकास प्रमुखमा सन्तोश अधिकारी र सह ग्राम विकास प्रमुखमा अर्जुन मेहता सहित चयन भएका छन् । नवनिर्मित समितिलाई जिल्ला सह संघचालक दिलिप साह, राजकुमार मेहता सहितले हर्दिक बधाई तथा शुभकामना दिनुभएको थियो । इनरुवा ९ बबियामा हिन्दु स्वयंसेवक संघको गठन भएसगैं प्रत्येक हप्ता धार्मिक स्थलमा प्राथना, सरसफाई र आपसी छलफल गर्ने र गुरु दक्षिणा कार्यक्रमलाई सार्थक पार्ने भएको छ ।


