सुनसरीका पत्रकार चौधरीलाई पहिचान पुरस्कार
इनरुवा, साउन २८ गते । सुनसरीका कृयाशिल पत्रकार धिरेन्द्र चौधरीलाई पहिचान पुरस्कारबाट पुरस्कृत गरिएको नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ कोशी प्रदेश समितिले जनाएको छ । महासंघले आफ्नो २५ औं स्थापना दिवस तथा रजत जयन्तीको अवसरमा उदयपुरगढीमा आयोजित कार्यक्रममा आदिवासी जनजातिहरुको पहिचानको पक्षमा कलद चलाएर योगदान गरेको भन्दै चौधरीलाई पहिचान पुरस्कार प्रदान गरेको हो ।

नगद दश हजार २५ रुपियाँ राशीको सो पुरस्कारबाट चौधरीसगैं अर्का पत्रकार ओखलढुंगाकी बिनुमाया राईलाई पुरस्कृत गरिएको महासंघका कोशी प्रदेश सचिव प्रदीप चौधरीले जानकारी दिनुभयो ।
महासंघका प्रदेश अध्यक्ष सन्तबीर लामाको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरुले आदिवासीका पहिचान, माग तथा मुद्धा, सवाल र आवाजलाई सञ्चारकर्मीहरुले उजागर गर्नुपर्ने र उनीहरुका अधिकार स्थापित गराउन कलमका माध्यमबाट अझै सहयोग गर्नुपर्नेमा जोड दिएका थिए ।
