सडक सञ्जालले सहज ः कार्की

इनरुवा, साउन २८ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विकासका पूर्वाधार मध्ये सडक सञ्जालले जोडेपछि नागरिकलाई सहज हुनेगरेको बताउनुभएको छ । मुख्यमन्त्री कार्कीले सोमबार सुनसरीको कोशी गाउँपलिका ४ र ६ बीचको शिवचोक देखी भारतीय सीमा वीरपुरसम्म जोड्ने सडकको समुघाटन गर्नुहुदै सडक सञ्जालले नागरिकलाई आवतजावतमा सहज भएको बताउनुभएको हो । उहाँले सडक पूर्वाधार विकासले नागरिकको जिवनस्तरमा सकारात्मक प्रभाव पार्ने समेत बताउनुभयो । सडकले विद्यालय जाने बालबालिकादेखी कृषि कर्म गर्ने किसानहरुलाई समेत अनाज ओसार्नसम्मको काममा सहज हुने भएकाले यसबाट जिवनमा साकारात्मक प्रभाव पार्ने बताउनुभयो ।

कार्यक्रममा सडक निर्माण भएसगैं कोशी गाउँपालिका ४, ५ र ६ का केही बस्तीका नागरिकहरुलाई गाउँबाट मुख्य राजमार्गमा आउन सहज भएको छ भने छिमेकी मुलुल भारतीय बजारमा समेत आउजाउ गर्न सहज भएको पूर्व प्रदेश मन्त्री जगदिश प्रसाद कुसियैतले बताउनुभयो । उहाँले आफू प्रदेश मन्त्री भएको बखत गरेको पहल प्रयासमा निर्माण भएको ६ दशमलव १५ किलोमिटर सडकले गाउँका नागरिकलाई निकै राहत भएको समेत बताउनुभयो । त्यसैगरी उद्घाटन कार्यक्रममा कोशी प्रदेश सदस्य हाजी इसराईल मंसुरीले ग्रामिण सडक सञ्जाल निर्माण तथा विस्तारले व्यवपार तथा कृषिमा समेत टेवा पुगेको बताउनुभयो । उहाँले गाउँको सीमावर्ती सडक २३ करोड ८२ लाख लागतमा निर्माण भएपछि धेरै नागरिकहरु खुसी भएको पाइएको बताउनुभयो । उद्घाटन कार्यक्रममा कोशी प्रदेश सभा सदस्य सदानन्द मण्डल, कोशी गाउँपालिका उपाध्यक्ष अनितादेवी यादव सहित सहकारी अधिकारीहरुको उपस्थिती रहेको थियो ।


१, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले सोमबार सुनसरीको कोशी गाउँपलिका ४ र ६ बीचको शिवचोक देखी भारतीय सीमा वीरपुरसम्म जोड्ने सडकको समुघाटन गर्नुहुदै