सुनसरीकाे भाेक्राहा नर्सिङ गाउँपालिका ७ का झबर मण्डलले आफुलाई मण्डल समुदायले सामाजिक बहिष्कार गरेको गुनासो गर्नुभएको छ । मण्डलले मितिः २०८१/०४/३० इन्सेकका जिल्ला प्रतिनिधि, सुनसरीलाई निवेदन दिदै मण्डल समुदायले सामाजिक बहिष्कार गरेको गुनासो गर्नुभएको हो । मण्डलले न्यायका लागि पहल गरि सामाजिक पुनःस्थापना गराई दिनुहुन अनुरोध गर्नुभएको छ । निवेदक मण्डलले जिल्ला सुनसरी गा.पा.भाेक्राहा नर्सिङ ७ का ६० वर्षिय बस्नेत मण्डल सहितको मण्डल समुदायले सामाजिक बहिष्कार गरेको गुनासो गर्नुभएको छ । मण्डलले आफू विदेशमा रहेको बखत स्थानीय गाउँले छिमेकी बस्नेत मण्डलले मेरो पत्नी पुनिता देवी मण्डलसंग धाकधम्कीको साथ एकिन मिति थाहा नभएको तर २०८० बैसाखमा कपाली तमसुक बनाएको र ५०००००/- को कागज बनाई ठगी गरेकोले न्यायका लागि पहल गरी दिनु हुन अनुरोध गरेको छ। आफ्नी छाेरीले अन्तरजातीय भागि विवाह गरेकाेले जातिय कार्वाही स्वरूप ५00000 को तमसुक बस्नेत मण्डलले बनाई राखेकोले साे कपाली फिर्ता , जातीय बहिष्कारको फिर्ता , सामाजिक न्याय दिनुपर्ने माग गर्नुभयो । मण्डलले कहिले पैसा माग्ने, कहिले भोज माग्ने, कहिले धम्की दिने, कहिले जातिय भोज भतेरबाट बहिस्कार गरेकोले अन्यासमा परेको गुनासो गर्नुभयो । आफ्नाेमा घर काम गर्न आउने कामदारलाई घरमा आउन रोकी दिने, आफ्नो सिटि चढ्न नमानेको, कामदारलाई रोकी बहिस्कार गरेकोले नेपालको संविधान, मानवअधिकार र जातिय विभेद, अधिकार, मौलिक हकको समेत हनन गरेकोले आफूलाई मारमा पार्ने गरी पाच लाख रूपैयाको कागज बनाइ राखेकोले अन्यायमा परेको गुनासो गर्नुभएको छ। त्यसैले आफूलाई जातिय बहिस्कारबाट मुक्ती, धम्की दिएर बनाएको कपाली कागज फिर्ता, विगतमा लिएको मोलि जादव मार्फत १७ ह‌जार रुपैया लिएकोले न्यानका विषयमा न्याय सहित छानविन र कार्वाहीका लागि पहल गरी अनुरोध गरेको छ ।


पिडित
झबर मण्डल भोक्राहा नर्सिह ७ सुनसरी ९७०३७५९१८६