जुगेशबावु दास । विराटनगर
विराटनगरको गोल्डेन हस्पिटलमा बन्धक बनेको झण्डै दुई महिनापछि दाजु–बहिनी घर फर्किएका छन् । सुनसरीको कोशी गाउँपालिका–७ का २२ वर्षिय देवकिशुन मण्डल र १९ वर्षिया सविता मण्डल बुधबार साँझ हस्पिटलबाट बन्धक मुक्त भएका हुन् । घटना बाहिरीए हस्पिटलले उनीहरूलाई केही रकम छुट गरिदिएर घर पठाएको हस्पिटल श्रोतले जनाएको छ । उनीहरूका बुबा साधु मण्डलले गलत विल देखाएर धेरै पैसा देखाएको र त्यो तिर्न समस्या भएकाले गोल्डेन अस्पतालले बन्धक बनाएको बताउनुभयो । हस्पिटलले विल पनि धेरै बताएको र आफूहरूले बुझाउन नसक्ने बताएपछि लामो समय छोराछोरीले अस्पतालमा बिताउनु परेको उहाँले बताउनुभयो । परिवार चलाउन भारतको पञ्जावमा काम गर्दै आउनुभएका साधुले घर आएपछि घटनाको बारेमा जानकारी पाएको बताउनुभयो ।


छिमेकमा झगडा हुँदा उनीहरूलाई चोट लागेछ र इनरुवा अस्पतालमा उपचारका लागि लगिएको बताउनुभयो । त्यहाँबाट सिटिस्क्यान गर्नुपर्छ भनेपछि कहाँ लग्ने अन्योल भइरहेको बेला अपरिचित एम्बुलेन्सले गोल्डेन पुर्याएको बताउनुभयो । अस्पतालको ७२ र फार्मेसीको २३ हजार गरेर लगभग एक लाख बुझाएको बताउनुभयो । अस्पतालले बिलमा १ लाख ८३ हजार ६ सय उल्लेख गरेको भएपनि करिब ५ लाख बुझाउन बाँकी छ भनेर आफूहरूलाई ठग्न खोजेको उहाँको भनाइ छ । यसबाट पनि प्रमाणित हुन्छ गोल्डेनको ठगी धन्दा रहेको छ भनेर स्थानीय अधिकारकर्मीको कथन छ ।

https://studio.youtube.com/video/a7C83uTV_Xg/edit


अस्पताल प्रशासनले भने यो कुरा स्वीकार गर्दैन । तर यसको स्पष्ट जवाफ पनि दिन सकेन । प्रशासन प्रमुख जियावुल हकले यस विषयमा आफूलाई केही जानकारी नभएको भन्दै पञ्छिन खोज्नुभयो । उहाँले आफू नयाँ भवन तिर बस्ने भएकाले सबै जानकारी नभएको भन्दै पञ्छिनुभयो । बन्धकलाई रिहाका लागि राजननीककर्मीदेखी अधिकारकर्मी र संचारकर्मीले समेत चासो देखाएपछि ठगीधन्दा चलाउदै आएको गोल्डेन हस्पिटलमा बन्धक बनेको झण्डै दुई महिनापछि दाजु–बहिनीलाई छाडेपछि घर फर्किएको मस्यस्कर्ताहरुले बताएका छन् ।

https://studio.youtube.com/video/ZKISQKqfQU8/edit