इनरुवा, साउन ३० गते । दशकयता प्रत्येक वर्ष सुनसरी सदरमुकाम इनरुवामा निकालिने ऐतिहासिक राधाकृष्ण रथ यात्राको भव्य तयारी अन्तिम चरणमा पुगको छ । रथ यात्रा निकालिएको १० वर्ष पुगेको अवसरमा यो वर्षको राधाकृष्ण रथ यात्रालाई थप सभ्य, भव्य रूपमा मनाइने भएको हो । इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी र जिल्ला समन्वय समिति प्रमुख राजन मेहता सहितको उपस्थितीमा इनरुवा ३ स्थित राधाकृष्ण मन्दिरमा भएको बैठकले रथ यात्रालाई थप सभ्य, भव्य रूपमा मनाइने निर्णय गरेको छ ।


यहाँको राधाकृष्ण मन्दिरबाट प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट रथयात्रा निकालिदै आएकोमा त्यसको निरन्तरताको लागि सरकारी अधिकारीहरु र जनप्रतिनिधि समेतको सहभागितामा यात्रालाई भव्यताका साथ सफल पार्ने निणर्य गरेको बैठकमा सहभागी अनिल श्रेष्ठले जानकारी दिनुभयो । श्री राधाकृष्ण रथ यात्रा समारोह समितिले बैठक गरी रथ यात्राको तयारीबारे जानकारी गराउँदै तयारीमा जुटेको जनाएको छ ।