शहरी विकास मन्त्री मेट मणि चौधरीलाई सम्मान
इनरुवाको विकासमा सरकारको सहयोग ः मन्त्री चौधरी
जयकृष्ण यादव । इनरुवा
इनरुवा, साउन १४ गते । संघीय सरकारका शहरी विकास मन्त्री मेटमणि चौधरीले इनरुवाको विकासका लागि आफूले सहयोग गर्ने बताउनुभएको छ । सुनसरीको इनरुवा नगरपालिका –५ वलाहमा थारु कल्याण कारिणी सभा इनरुवा नगर कमिटिले आयोजना गरेको संघीय शहरी विकास मन्त्रीलाई स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्नुहुदै चौधरीले इनरुवा जिल्लाको सदरमुकाम भएकाले विकासमा सहयोग गर्ने बताउनुभएको हो । मन्त्री चौधरीले इनरुवाको राम मन्दिरको विकास सहित नगरको समग्र विकासका लागि सहयोग गर्ने प्रतिवद्धता जनाउनुहुदै इनरुवा नगरपालिका प्रमुख केदार भण्डारीलाई योजना सहित मन्त्रालय आउनका लागि निम्तो पनि दिनुभयो । मन्त्री चौधरीले थारु कल्याण कारिणी सभा इनरुवा नगर कमिटीले सम्मान गरेको र सालिन विकासप्रेमी इनरुवा नगरपालिका प्रमुख केदार भण्डारीले गर्नुभएको सम्मानले आफूलाई गौरबबान्ति बनाएको बताउनुभयो । फरक प्रसंगमा चौधरीले देशको विकासका लागि सरकार सबै हिसावले तयार रहेको बताउनुभयो । वहाँले थारु समुदायबाट प्रतिनिधित्व गरेकाले थारु समुदायका पनि केही माग र योजनाहरु भए लिएर मन्त्रालयमा आउन आग्रह गर्दै थारुको उत्थानका निम्ति पनि आफूले काम गर्ने बताउनुभयो ।
मन्त्री चौधरीले देशभर निर्माणाधिन रहेका भौतिक पूर्वाधारका कामको जिम्मा लिएका ठेकेदार कम्पनीलाई काम समयमै सकेर इतिहास बनाउन निर्देशन समेत दिएको बताउनुभयो । मन्त्री चौधरीले निर्माण कम्पनीतर्फ लक्षित गर्ने जिम्मा लिएको वा ठेक्का पाएकाहरुले काम समयमै सक्नुपर्नेमा जोड दिनुभयो ।
सुनसरी जिल्लाको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका –५ वलाहमा संघीय शहरी विकास मन्त्रीलाई सम्मान गरिएको छ । स्थानीय राम मन्दिरको प्राङ्गणमा थारु कल्याण कारिणी सभा इनरुवा नगर कमिटीको आयोजना र सभाको अध्यक्ष रोहित चौधरीको अध्यक्षतामा मन्त्री स्वागत तथा सम्मान कार्यक्रम गरिएको सभाका डिसी चौधरीले जानकारी दिनुभएको छ ।
स्वागत तथा सम्मान कार्यक्रममा इनरुवा नगरपालिका प्रमुख केदार भण्डारी, उपप्रमुख विनीता मेहता, इनरुवा वडा नं. ५ र ६ का वडा अध्यक्ष क्रमशः अनिल पोखरेल र सुमन थापा लगायतकाले जिल्लाको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाको विकासमा पछि परेकाले सबै वडामा नाला सहितको कालोपत्रेको योजना पारिदिन आग्रह गर्नुभएको थियो । नेपाली काग्रेंसका जिल्ला सभापती समेत रहनुभएका इनरुवा प्रमुख भण्डारीले भ्रष्टाचारमुक्त समाज निर्माणका लागि नीतिगत भ्रष्टाचारको अन्त्यका लागि सुझाव दिदै स्तरीय विकासका लागि सहयोग गर्न आग्रह गर्नुभयो ।
यसैबीच इनरुवा दुहवी सडक निर्माण सर्घष समितिले आफूहरुको सडकलाई चार लाईनको बनाउन पहलको माग गर्दै इनरुवा–५ वलाहमा संघीय शहरी विकास मन्त्री चौधरीलाई ज्ञापन पत्र बुझाएको छ ।

थारु कल्याण कारिणी सभा इनरुवा नगर कमिटीको आयोजना मन्त्रीको स्वागत तथा सम्मान कार्यक्रमको मौका छोपी आफूहरुको माग सहितको ज्ञापन पत्र बुझाएको समितिका संयोजक गोविन्द प्रसाद पोखरेलले जानकारी दिनुभयो ।
सभाका डिसी चौधरीका अनुसार मन्त्रीलाई थारु पगरी, लोककला चित्र र सम्मान पत्र तथा दोसल्लाले सम्मान गरिएको हो ।

१, सुनसरीको इनरुवा नगरपालिका –५ वलाहमा थारु कल्याण कारिणी सभा इनरुवा नगर कमिटिले संघीय शहरी विकास मन्त्री चौधरीलाई स्वागत तथा सम्मान गर्दै । र कार्यक्रमलाई सम्बोधन गर्नुहुदै ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा

