इनरुवा, भदौं ३ गते । सुनसरीको कोशी गाउँपालिकाबाट लागु औषधसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागू औषध नियन्त्रण व्यूरो बिराटनगर र ईलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको संयुत्त प्रहरी टोलीले कोशी गाउँपालिकाबाट लागु औषधसहित ७ जनालाई पक्राउ गरेको हो । प्रहरीले बिशेष सूचनाको आधारमा शनिवार बिभिन्न समयमा कोशी गाउँपालिका वडा नम्बर १ लौकही बजारमा आएका मोटरसाइकल एवम् स्कुटरमा शंका लागी चेकगर्दा लागु औषधसहित आसार्नेहरुलाई पक्राउ गरेको जनाएको छ ।ईलाका प्रहरी कार्यालय लौकही र लागू औषध नियन्त्रण व्यूरो बिराटनगरबाट खटिएको प्रहरी अधिकृतको संयुक्त टोलीले चेक जाँच गर्ने क्रममा लुकाई छिपाई ल्याएको लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १६.९३ ग्राम परिमाणमा फेला पारी सवारी चालक सहित सवारी साधनहरु नियन्त्रणमा लिई अनुसन्धान गरी रहेको प्रहरीले जानाएको छ ।पक्राउ पर्नेहरुमा सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं. ९ का ४५ वर्षिय दिलबहादुर राई, सोही ठाउँका नबिन कोइराला, त्यस्तै बराहक्षेत्र नगरपालिका वडा नं. ३ का ३६ वर्षिय ओमबहादुर कार्की, ईटहरी उपमहानगरपालिका वडा नं. ४ का २२ वर्षिय शिवनाथ ठाकुर, सोही ठाउँका २४ वर्षिय रुपेश विश्वकर्मा, उदयपुर स्थित बेलका नगरपालिका वडा नं. ९ बस्ने कनक बहादुर खतिवडा, ईनरुवा नगरपालिका वडा नं. २ का लकेन्द्र मण्डल रेहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले बताउनुभयो ।

  • निम्न व्यक्तिहरु
  • १.जिल्ला सुनसरी बराक्षेत्र नगरपालिका वडा नं.९ बस्ने बर्ष ४५ को दिल बहादुर राई,
  • २.ऐ.ऐ. बस्ने बर्ष ४१ को नबिन कोइराला,
  • ३.जिल्ला सुनसरी ईटहरी उप-महानगरपालिका वडा नं.४ बस्ने बर्ष २२ को शिवनाथ ठाकुर,
  • ४.ऐ.ऐ. बस्ने बर्ष २४ को रुपेश विश्वकर्मा,
  • ५.जिल्ला उदयपुर बेलका नगरपालिका वडा नं. ९ बस्ने कनक बहादुर खतिवडा,
  • ६.जिल्ला सुनसरी ईनरुवा नगरपालिका वडा नं.०२ बस्ने बर्ष १९ को लकेन्द्र मण्डल,
  • ७.जिल्ला सुनसरी बराहक्षेत्र नगरपालिका वडा न. ३ बस्ने बर्ष ३६ को ओम बहादुर कार्की,
  • बरामद भएको परिमाण र सवारी साधन;-
  • ३.५८ (तीन ग्राम अन्ठाउन्न मिलिग्राम)
  • १०.५७ (दश ग्राम सन्ताउन्न मिलिग्राम), नगद रु.१२०००(बाह्र हजार),मोबाइल-३ थान)
  • १.१८ (एक ग्राम अठार मिलिग्राम)
  • १.६०(एक ग्राम साठ्ठी मिलिग्राम),मोबाइल-१थान ।
  • १.६०(एक ग्राम साठ्ठी मिलिग्राम),मोबाइल-१थान ।