इनरुवा, भदौं ३ गते । सुनसरीको विभिन्न स्थानमा स्थानीय दाजुभाई दिदिबैहनीहरुले हातमा राखी बाधेर हर्सोल्लासका साथ रक्षाबन्धन मनाएको छ । मधेसी समुदायका स्थानीयहरुले सोमबार हर्षोल्लासका साथ रक्षाबन्धन पर्व मनाईएको हो । दिदीबहिनी तथा दाजुभाइको प्रेमको प्रतीक मानिएको रक्षाबन्धन साउन शुक्ल पूर्णिमाका दिन मनाइने भएकाले सोमबार दिनको एक बजे पछि हर्सोल्लासका साथ रक्षाबन्धन मनाएको छ ।

दिदीबहिनीले आ आफ्ना दाजुभाईलाई हातको नाडीमा राखी बाँधेर दीर्घायु एवं सुस्वास्थ्यको कामना गर्दै मनाएको ट भने दाजुभाईले दिदीबहिनीको आजीवन सुरक्षा गर्ने वचन दिएर शुभकामना तथा शुभ आशिर्वाद सहित हर्सोल्लासका साथ रक्षाबन्धन मनाएको पण्डीत बलराम यादवले बताउनुभयो । रक्षाबन्धनका दिन दिदीबहिनीले दाजुभाईको नाडीमा बाँधेको राखीस्वरुप धागोका कारण दुबैजनाबीच अटुट सम्बन्ध रहने गरेको बिश्वास रहिआएको छ । जबसम्म जीवन र स्वास चलिरहन्छ तबसम्म भाई आफ्नो दिदीबहिनीको सुरक्षा र खुशीका लागि दृढ संकल्पित रहने गरेको धार्मिक विश्वास रहेको छ ।


राखी बाँधेपछि दाजुभाइहरुलाई मिठामिठा परिकारहरु खुवाउँइछ भने दिदीबहिनीलाई गच्छेअनुसार उपहार दिने चलन छ ।
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षबन्धन सहित उपाकर्म र ऋषितर्पणी विधिपूर्वक स्नान, ऋषि तर्पण र हातमा डोरो बाँधेर मनाउदै आएको छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन तथा विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा रक्षाबन्धनको परम्परा चलिआएको मानिन्छ ।


यस दिन मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको नाडीमा बाँधिदिने गर्दछन् । यही दिन तागाधारीले आफ्नो जनै अर्थात् यज्ञोपवीत फेर्छन् । कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले यो दिनलाई ऋषितर्पणी पनि भनिन्छ ।


यसैबीच महिलाहरुले दाजुभाईको नाडीमा राखी बाध्न माईत जाने गरीन्छ । सरकारले सोमबार सार्वजनिक बिदा दिइएको छ ।