बलात्कार घटनाका आरोपित गिरफ्तार
ताप्लेजुङ ०८१ भदौ ५ गते
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले २७ वर्षीय वीरबहादुर विकलाई भदौ ४ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०८१ वैशाख ५, वैशाख ८ र अन्तिम पटक साउन २९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध भदौ ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि मेरिङदेन गाउँपालिका-३ दोभान बजारबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कमलकुमार लुङ्गेलीले बताउनु भयो ।
गिरफ्तारीमा परेका आरोपितको ठेगाना प्रहरीले गाेप्य राखेकाे छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा भदौ ४ गते गरिएको छ ।
एलिना दियाली
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका–८ गाउँ धनगढीका २२ वर्षीय शिक्षक विष्णु तिमिल्सेनालाई ०८१ भदौ ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ ४…
०८१ भदौ ५ गते कैलाली
पहिरोले स्वास्थ्यचौकीमा क्षति पुर्याएपछि सेवा प्रभावित, विद्यलय पनि जोखिममा
खाँडादेवी गाउँपालिका–७ को खाँडादेवी स्वास्थ्यचौकी भवन पहिरोले पुरेपछि सर्वसाधारणको उपचार सेवा प्रभावित भएको छ । भदौ १ गते राति स्वास्थ्यचौकी भवन माथिबाट आएको पहिरोले स्वास्थ्यचौकी भवनको भित्तो भत्किएर औषधि लगायतमा…
०८१ भदौ ५ गते रामेछाप
स्वास्थ्यकर्मीमाथि हातपात घटनाका आरोपित गिरफ्तार
सप्तरी स्थायी घर भइ पाँचखपन नगरपालिका-२ टाइगरचोकस्थित नागरिक आरोग्य सेवा केन्द्र, पाँचखपनका इञ्चार्ज ४० वर्षीय ज्ञानेन्द्रप्रसाद शाहमाथि हातपात घटनाका आरोपितलाई प्रहरीले गिरफ्तार गरेको छ । स्वास्थ्यकर्मीलाई हातपात गरेको आरोपमा प्रहरीले…
०८१ भदौ ५ गते सङ्खुवासभा
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
शिवसताक्षी नगरपालिका-७ शिवालय टोलकी ३० वर्षीया रञ्जना गौतमको खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ४६ वर्षीय पति ओमप्रसाद अधिकारीलाई गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले ०८१ भदौ…
०८१ भदौ ५ गते झापा
बाल सुधारगृहबाट दुई बालक फरार
बाल सुधारगृह, विराटनगरबाट दुई जना फरार भएको सुधारगृह प्रशासनले जनाएको छ । फरार हुनेमा कर्तव्य ज्यान तथा डाँका मुद्दामा दोषी ठहर भएका सुनसरीको कोशी गाउँपालिका-२ का १६ वर्षीय बालक र…
०८१ भदौ ५ गते मोरङ


