चन्दन रौनीयार
सुनसरीको दुहबीमा प्रत्येक वर्ष निकालिदै आएको कृष्ण जन्माष्टमी रथ यात्रा तथा कृष्ण जन्माष्टमी महोत्सवको यस वर्षपनि तयारी सुरु भएको छ । बुधवार दुहबीको कृष्ण मन्दिरमा कृष्ण जन्माष्टमी महोत्सव समितिले पत्रकार सम्मेलनको आयोजना गरी दुहबीमा भदौं १० गते भव्यताका साथ कृष्ण जन्माष्टमी महोत्सवको तयारी सुरु गरेको जानकारी दिएको छ । रथ निर्माण, डोरी र प्रचारप्रसार तथा मुर्ति निर्माण र व्यवस्थापन सहितको बन्तोबस्तीमा लागेको जनाएको छ । राधाकृष्ण मन्दिर सरसफाई सहित कृष्ण जन्माष्टमी महोत्सवको तयारी सुरु गरेको कृष्ण जन्माष्टमी पुजा तथा मेला महोत्सव समितिका अध्यक्ष पंकज हलुवाइले पत्रकार समेलनमा जानकारी दिनुभएको छ । हलुवाई प्रत्येक वर्ष हजारौ भक्तजनाहरुको सहभागितामा हुदै आएको महोत्सवको यसवर्षपनि तयारी सुरु गरेको जानकारी दिनुभयो ।


कृष्ण जन्माष्टमी पूजा तथा मेला महोत्सव समितिका अध्यक्ष पंकज हलुवाइकाअनुसार दुहबी ६ नम्बर वडामा प्रत्येक वर्ष मनाउँदै आएको कृष्ण जन्माष्टमी महोत्सव यस वर्ष पनि मनाउने तयारी थासलएको हो ।
दुई सय एक जनाको मूल समिति, एक सय एकजनाको सल्लाहकार समिति र नौ वटा उपसमितिहरू बनाएका छन् ।
महोत्सवमा विभिन्न जातजातिहरूले झाँकी प्रदर्शन गर्ने, दुहबी बजारदेखि ८ किलोमिटरसम्म रथयात्रा परिक्रमा गर्ने, एक लाख भन्दा बढी भक्तजनहरूलाई रथयात्रामा सहभागी गराउने कार्यक्रमका दुहबी वडा नं. ६ का वडाध्यक्ष घनश्याम हलुवाईले बताए । दुहबीमा हरेक वर्ष कृष्ण जन्माष्टमी मोहत्सव मनाइँदै आएको छ ।


महोत्सवमा करिब नौ लाख खर्च हुने अनुमान गरिएको छ । कृष्ण जन्माष्टमीको दिन सुरक्षा व्यवस्था चुस्त, दुरुस्त राख्न आफूहरू सचेत रहेको इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक सुवासचन्द्र सुनुवारले बताए ।
भदौ १० र ११ गते भजन कीर्तन साथै प्रसाद वितरण, ११ गते बिहान जन्माष्टमी महोत्सव मोटरसाइकल र्‍याली र दिउँसो श्री कृष्ण रथयात्रा तथा जन्माष्टमी महोत्सव मेला सुरु हुने आयोजक समितिका सहउपाध्यक्ष चन्दन बैठाले बताए ।
कार्यक्रममा दुहबी नगरपालिका कावडाध्यक्ष मुस्तकिम रैन ,ट्राफिक प्रहरी कार्याल दुहबीका इन्चार्ज चन्द्रकुमार श्रेष्ठ ,सशस्त्र प्रहरी दुहबीका प्रतिनिधि श्यामकुमार खड्का, नेवा (देय)दवुका प्रतिनिधि प्रेम श्रेष्ठ, स्थानीय समाजसेवी केलाश भगत, राजेश रौनियार, वडा नं. ६ का सदस्य देवनन्द खत्वे लगायतको उपस्थिति रहेको थियोे ।
पूजा तथा मेला महोत्सव समितिको अध्यक्षमा पंकज हलुवाई, उपाध्यक्ष राकेश डाँगी, सचिव ऋषि साह, सहसचिव राजा रौनियार, कोषाध्यक्ष हरिनारायण ठाकुर, सहकोषाध्यक्ष रितिक रौनियार, सदस्यहरू शम्भु हलुवाई, जीवन हलुवाई, सुरज पासवान, सजित मण्डल, गंगा हलुवाई, राहुल झा, मनीष रौनियार, मनोज रौनियार, त्रिलोकी भगत, राकेश हलुवाई, हेमनरायण यादब, सोनु अग्रहरी रहेका छन् ।उता जिल्लाको रामधुनी नगरपालिकामा समेत रथयात्रा र कृष्ण जन्माष्टमी महोत्सवको तयारी सुरु गरेको नगर प्रमुख शंकरलाल चौधरीले जानकारी दिनुभयो ।
यसैबीच जिल्लाको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकामा समेत रथयात्रा सहित कृष्ण जन्माष्टमी महोत्सवको तयारी गरेको नगर प्रमुख केदार भण्डारीले जानकारी दिनुभयो । दशकअघि देखी हुदै आएको रथयात्रामा यसपाली हेलिक्पटरबाट पुष्प वृष्टि समेत गर्ने भएकाले एक लाख भक्तजन र दर्शक तथा रथयात्रामा सहभागीहरु आउने अनुमान गरिएको आयोजक समितका सचिव सुनोज निरौलाले जानकारी दिनुभयो ।