तीन जना गाई पालक किसानलाई गाई दुहने मेसिन प्रदान
जयकृष्ण यादव । इनरुवा
इनरुवा, भदौ ७ गते । सुनसरीको इनरुवा नगरपालिकाले नगर क्षेत्रका तीनजना गाई पालक किसानलाई गाई दुहने मेसिन प्रदान गरेको छ । नगर प्रमुख केदार भण्डारीले पशुपालक किसानलाई आफ्नो गाई फर्म व्यवस्थित बनाउन र दुध उत्पादन बढाउनका लागि सहयोग गर्ने क्रममा गाई दुहने मेसिन प्रदान गर्नुभएको हो ।
एक कार्यक्रमका बीच गाई पालक किसान राजेश्वर यादव सहितका तीन जना किसानलाई ५० प्रतिशत अनुदानमा गाई दुहने मेसिन प्रदान गर्नुभएको छ । आफ्नो गोठ तथा फर्ममा १० वटा भन्दा बढी गाई पालन गर्ने किसानहरुलाई सहजताका लागि गाई दुहने मेसिन प्रदान गरेको किसान अनिली यादवले बताउनुभयो । इनरुवा नगरपालिका प्रमुख केदार भण्डारीले हातले दहुने किसानलाई ढिलो हुने र सबै दुहुन समस्या रहेकोमा गाई दुहने मेसिनले सहज हुने बताउनुभयो ।
सरकारी निकायबाट पहिलो पटक व्यसायिक किसानलाई एउटा गाई हुनुन २० मिनेटसम्म लाग्ने , दुध समेत फोहोर हुन सक्ने सम्भावनालाई कम गर्न गाई दुहने मेसिन मिल्क एनेलाईजरले योगदान गर्ने पशु शाखा प्रमुख डा. राजकुमार यादवले जानकारी दिनुभयो ।




१, इनरुवाका नगर प्रमुख केदार भण्डारीले पशुपालक किसानलाई गाई दुहने मेसिन प्रदान गर्नुहुदै ।
तस्विर ः
