नेपाल उराँव संघको जिल्ला सम्मेलन सम्पन्न
जयकृष्ण यादव । इनरुवा
इनरुवा, भदौ ८ गते । नेपाली काग्रेंसको भातृ संस्था नेपाल उराँव संघ सुनसरीको प्रमथ जिल्ला अधिवेशन सम्पन्न भएको छ । संघको जिल्ला सम्मेलन संविधान सभा सदस्य सूर्यदेव दास उराँवको अध्यक्षता तथा पार्टीका जिल्ला सभापती केदार भण्डारीको प्रमुख आथित्यतामा सम्पन्न भएको हो । सम्पन्न भएको जिल्ला सम्मेलनका वत्ताहरुले उराँव समुदायको राज्यको सबै निकायमा पहुच स्थानीपि गर्नुपर्ने, उराँवहरुको संस्कृति , संस्कार र प्ररमपराहरुको संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको थियो । सम्पन्न कार्यक्रममा पूर्व कृषि प्रमुख तथा माटो विज्ञ नुनुलाल उराँवले जातीय संस्थालाई पार्टीको भातृ संस्थाको रुपमा बनाएकोमा नेपाली काग्रेंस पार्टी आफूहरुको पार्टी भएको बताउनुभयो । जनताको आवाज बोल्ने र जनताको सबाललाई सम्बोधन गर्ने पार्टी काग्रेंस भएकाले देशभरका उराँवहरुको प्रतिनिधित्व गर्ने गरि संघको स्थापना भएको संघका जयकुमार उराँवले जानकारी दिनुभयो ।
उदघाटन कार्यक्रममा कोशी प्रदेश सभा सदस्य सदानन्द मण्डल, भोक्राहा नरसिंह गाउँपालिकाका उपाध्यक्ष सुनिताकुमारी उराँव, कोशी २ का वडा अध्यक्ष ध्यानी उराँव सहितको उपस्थिती रहेको थियो ।

१, नेपाली काग्रेंसको भातृ संस्था नेपाल उराँव संघ सुनसरीको प्रमथ जिल्ला सम्मेलनमा ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा
