कुश वंशी सेवा समाजकाे कुश जन्मोत्सव सम्पन्न
सुनसरीकाे इनरुवामा कुशवंशी सेवा समाजकाे कुश जन्मोत्सव सम्पन्न भएको छ । साे सु-अवसरमा आयोजित कार्यक्रममा २०८० सालमा एस.इ.इ. उत्तीर्ण ९ जना कुशवंशी विद्यार्थीहरूलाई सम्मान गरेको हो । कुश जन्माेत्सवकाे क्रममा साँस्कृतिक कार्यक्रम समेत गरेको थियो । साविक इनरूवा-७, सुनसरीका कुशवाहाहरु आवद्ध समाजले नेपाल निर्माण व्यवसायी संघ इनरूवामा भव्य कार्यक्रम गरेको हाे। कार्यक्रममा विभिन्न अनुभवी वक्ताहरूबाट विषयबस्तुमा जानकारी गराइएको थियो ।





कार्यक्रमका उद्घोषक रघुननन्दन मेहताले समुदायको उत्थान र एकताको लागि सम्मान कार्यक्रम उपयोगी भएको बताउनुभयो । कुशवन्सी सेवा समाजका अध्यक्ष मनोज कुमार मेहताकाे अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि हरिनारायण मेहता रहनुभएकाे थियोे । साविक इनरूवा-७, सुनसरीका विशिष्ट्तम ज्येष्ठ व्यक्तित्व समाज अगुवा अग्रज सहितको उपस्थिति रहेको कार्यक्रममा विशेष अतिथि कोशी प्रदेश पूर्व राज्यमन्त्री तथा साँसद रामप्रसाद मेहता , इनरुवाका पूर्व नगर प्रमुख, सुनसरी जिल्ला अस्पतालका व्यवस्थापन समिति अध्यक्ष तथा सुनसरी जिल्ला समन्वय समितिका सभापति तथा विशेष अतिथि राजन मेहता, समाजसेवी, नेपाल कुशवाहा कल्याण समाज, सुनसरीका जिल्ला अध्यक्ष श्रीलाल मेहता, प्रमिला देवी मेहता (समाजसेवी, कुसेस महिला समितिका अध्यक्ष),भजनलाल मेहता (नेपाल बैंकका पूर्व शाखा प्रवन्धक, कुशवंशी सेवा समाजका सल्लाहकार),रामसुन्दर मेहता (लेखा परीक्षक, कुसेसका सल्लाहकार), रामचन्द्र मेहता,, विन्देश्वर मेहता ,विरेन्द्र कुमार मेहता सहितको उपस्थिति रहेको थियो ।
त्यसैगरी समाजसेवी विनोद मेहता, धर्मवीर आर्य, रामचन्द्र मेहताले बाेल्नुभएकाे थियोे । कार्यक्रममा आएगरी नन्दनी नृत्य आराधाना मेहता सहितले गर्नुभयो । त्यसैगरी एसईईमा उत्कृष्ट अंक ल्याउने ज्योति कुमारी मेहता -३.९५ जिपिए, विनित कुमार मेहता -३७९ जिपिए,अंशु मेहता -३७८ जिपिए,करण मेहता -३७४ जिपिए,अन्नु कुमारी मेहता -३.७३ जिपिए,साक्षी मेहता -३.६५ जिपिए प्रताप मेहता -३.६५ जिपिए ,मणिरत्न किशोर मेहता-३.५७ जिपिए, नेहा मेहता -३.२५जिपिए सहित ९ जनालाई सम्मान तथा पुरस्कार वितरण गरेको थियो ।

यही उमेर हाई करले गल्ती से मिस्टेक आर्दश मेहता , सुखदेव मेहता ( कार्यक्रमको आयव्यय प्रस्तुती तथा अपुग रकम व्यवस्थापन)नृत्य वो कृष्ण है (मनिषा, अनुष्का, शिक्षा, बर्षा मेहता) सामुहिक नृत्य,नृत्य गोकुल नगरीमा (अन्नु कुमारी मेहता) सहितको प्रस्तुति गरेको थियोे ।
