जयकृष्ण यादव । इनरुवा
इनरुवा, भदौ ११ गते । सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाले साउनको बाढी र बर्षाले क्षतीग्रष्त बनेको ग्रामिण सडकबाटोमा मर्मतको कार्य थालेको छ । सदरमुकाम आउने मुख्य बाटो इनरुवा कौवाखोच निर्माणको चरणमा रहेको र त्यसको बैकल्पिक बाटो शंकरपुर नहरको डीलबाटोमा बाढी र बर्षाले क्षतीग्रष्त बनेको जनगुनासो र आवतजावतमा समस्या भएकाले इनरवा नगरपालिकाले मर्मतको कार्य थालेको हो । नागरिक समाजको तर्फबाट लिखित रुपमा दबाब र स्थानीयहरु दुर्घटनामा पर्न थालेपछि बाढी र बर्षाले क्षतीग्रष्त बनेको सडकबाटोमा मर्मतको कार्य थालेको जनाएको छ ।
इनरुवा नगरपालिका प्रमुख केदार भण्डारीले नहरको बाटोमा बाढी र बर्षाले केहीक्षतीग्रष्त बनेको तथा सीमावर्ती हरिनगर, देवनागञ्ज र बर्जु गाउँपालिकाका स्थानीयहरु समेतलाई आउजाउ गर्न समस्या भएकाले समस्या देखिएको सडकबाटोमा मर्मतको कार्य थालेको जानकारी दिनुभयो । दैनिक सीमावर्ती क्षेत्रका किसान र सर्वसधारणहरु सदरमुकाम आउन इनरुवा ९ बबिया र इनरुवा १० जल्पापुरको शंकरपुर शाखा नहर हुदै आउने गरेका छन् । दैनिक हजारौ संख्या सर्वसधारण इनरुवा आउनेजाने बाटो नै बाढी र बर्षाले क्षतीग्रष्त बनेकोले त्यसको मर्मतको कार्य थालेको प्रमुख भण्डारीले बताउनुभयो ।


१, सुनसरीको इनरुवा नगरपािलका ९ बबिया र जल्पापुर खण्डको नरहको डिलबाटोमा मर्मत गर्दै । तस्विर ः जयकृष्ण यादव । इनरुवा