एक लाख बढीको सहभागितामा रथयात्रा
इनरुवा, भदौ ११ गते । सुनसरी सदरमुकाम इनरुवामा एक लाख बढी स्थानीयहरुको सहभागितामा भव्य रथ यात्रा निकालिएको छ । सोमबार भगवान श्रीकृष्णको मुर्ती पुजा गरेर हर्सोल्लासाका साथ कृष्णजन्माष्टमी मनाएकोमा मंगलबार दिउसो स्थानीयहरुको सहभागितामा भव्य रथयात्रा निकालिएको हो ।
जिल्लाका ग्रामिण सहित नगरक्षेत्रका स्थानीयहरुको सहभागितामा राधाकृष्ण मन्दिरबाट निकालिएको रथयात्रा इनरुवा ३ को महेन्द्र चौक, सखुवागाछी, अदालत रोड, सोमबारे हाट, कृषि कार्यालाय, इनरुवा नगरपालिका, लोकतान्त्रिक चौक, जिसस रोग , प्रहरी कार्यालाय हुदै बसचौक मुख्यराजमार्गसम्म भव्य रथयात्रा निकालिएको हो ।




वैदिक सनातन हिन्दु धर्मावलम्बी स्थानीयहरुले श्रीकृष्णजन्माष्टमी पर्वको अबसरमा भगवान् श्रीकृष्णको प्रतिमुर्ती बनाएर घरघरमा पूजा–आराधना गरेकामा सबै स्थानीयहरुले घरघर अगाडि रथयात्रामा सहभागी हुदै रथको डोरी थानेका थिए ।
रथयात्रा समारोह आयोजक समितिका सुनोज निरौलाका अनुसार विभिन्न जातजातीको मौलिक नृत्य, झाकी सहित निकालिएको रथयात्रामा एक लाख बढीको सहभागिता रहेको थियो ।





रथयात्रामा उधोग बाणिव्य संघ इनरुवाले गुल्फी बरफ निशुल्क रुपमा वितरण गरेको थियो ।

उता दुहवीमा समेत भव्य रथयात्रा निकालिएको नेपाल यादव सेवा समितिका अध्यक्ष गोविन्द यादवले जानकारी दिनुभयो ।
