जयकृष्ण यादव । इनरुवा
इनरुवा, भदौ १३ गते । जिल्ला प्रहरी कार्यालय सुनसरीले एकपछि अर्को स्थानबाट लागु औषध गाजाँ तस्करी भईरहेको सूचनाका आधारमा नियन्त्रणको प्रयासमा पच्छिलो पटक १० बोरा गाजाँ बरामद गरेको छ । प्रहरीले मंगलबार मात्रै बिशेष सूचनाको आधारमा सुनसरीको कोशी गाउपालिका वडा नं.८ हरिपुरबाट तिनकुने तर्फ आउदैँ गरेको भारतीय स्कारोपीयोबाट १० बोरा गाजाँ बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीका अनुसार एचआर २६ बी ०९९०४ नंम्बरको भारतीय स्कारपियो गाडीमा गाजा लिएर आईरहेको अवस्थामा प्रहरी टोलीले चेकजाँच गरिरहेको देख्नसाथ गाडी छोडी चालक भागेको र उक्त गाडी संका लागी चेकजाँच गर्दा १० बोरा गाजाँ बरामद गरेको हो ।
प्रहरीले कानून बमोजिम चेकजाँच गर्दा कालो, सेतो, हरियो प्लाष्टिकले बेरेर राखेको १० बोरा लागू औषध गाँजा फेला पारेको र गाडी सहित लागू औषध बरामद गरीएको गाजाँ र गाडी जिल्ला प्रहरी कार्यालय सुनसरी ल्याई राखेको भण्डारीले बताउनुभयो ।
बरामदी गाँजाको तौल लिंदा तीन सय छतीस के.जी. रहेको र फरार चालकको खोज तलास लगायतका थप अनुसन्धान गर्ने कार्य भईरहेको भण्डारीले जानकारी दिनुभयो । उता फरक प्रसंगमा सोमबार मात्रै सुनसरीको धरान उप–महानगरपालिका वडा नं.१३ आँपगाछी कोशी लोकमार्गमा औषध गाँजा १५ के.जी. गाँजा फेला पारेको छ ।
ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी अधिकृतको टोलीले धनकुटाबाट धरान तर्फ आउदै गरेको को.१.ख. २०९६ नम्बरको हायस भेन (सार्वजानिक यातायात) लाई रोकी सवार यात्रुहरुको सामान चेकजाँच गर्दा धनकुटा नगरपालिका वडा नं.७ का २२ वर्षिय सन्देश राईको साथमा रहेको कालो रंगको झोला भित्र सेतो बोरामा प्याक गरी लुकाई छिपाई गरी ल्याएको लागू औषध गाँजा कानून बमोजिम बरामद गरेको हो ।