सुनसरीको दुहवी नगरपालिका स्थित सोनापुरमा रहेको रमपम च्याउच्याउ कम्पनीले कोशी राजमार्गको सार्वजनिक सडक मिचेर होडिंग बोर्ड राखेको पाइएको छ । सर्वसधारण नागरिकलाई हिड्नका लागि बनाएको सार्वजनिक सडकको पेटीलाई नै छेक्ने गरि मिचेर होडिंग बोर्ड राखेको पाइएको हो ।

आफ्नो उधोगको मुख्य गेटमै सार्वजनिक सडक मिचेर होडिंग बोर्ड राखेको भएपनि हालसम्म कार्वाही नभएकाले जथाभावी गरेको सर्वसधारणको गुनासो बाहिर आएको छ । उधोग प्रशासनले भने यसबारेमा प्रतिकृया दिन मानेको छैन भने सार्वजनिक सडक मिचेर होडिंग बोर्ड राखेकाले सडकपेटी प्रयोग गर्ने सर्वसधारणलाई आवतजावतमा समस्या भएको गुनासो बाहिर आएको हो । ट्राफिक प्रहरी, जिल्ला प्रहरी र स्थानीय तहले सर्वसधारणको गुनासोलाई सम्बोधन गर्न उधोगको अनुगमन गरी सडकमै राखिएको पाइएको खण्डमा होडिंग बोर्ड हटाउनुपर्ने सरोकारबालाहरुको भनाई छ