इनरुवामा सुरुभयो सुनसरी महाँ आरती
जयकृष्ण यादव । इनरुवा
इनरुवा, भदौ १५ गते । सुनसरी सदरमुकाम इनरुवामा रहेको एतिहासिक खोला सुनसरी खोलामा सुनसरी महाँ आरती सुरु भएको छ । राष्ट्रिय सनातनी संघ नेपाल सुनसरीले इनरुवा नगरपालिका वडा नं–४ स्थित रहेको सुनसरी खोला किनारमा विधिवत् पुजापाठ गरि सुनसरी महाँ आरती सुरु गरेको हो । राष्ट्रिय सनातनी संघ सुनसरीका संयोजक शिव यादवका अनुसार सुरु भएको महाँ आरती प्रत्येक शुक्रबार उक्त स्थानमा विधिवत् पुजापाठ गरि आरती गरिने छ । सयौं संख्यामा स्थानीयहरुको उपस्थितीमा सुनसरी महाँ आरती सुरु भएको संघका गनेशकुमार यादवले जानकारी दिनुभयो ।
