इनरुवा, भदौ १५ गते । सुनसरीको इनरुवामा रहेको गणिनाथ मन्दिरमा धार्मिक तथा सांस्कृति कार्यक्रम सम्पन्न भएको छ । सदरमुकाम इनरुवा सहित जिल्लाका हलुवाई समुदायका स्थानीयहरुले आफ्नो कुलगुरु श्री गणिनाथ जि महाराजको २७ जन्मोत्सवको अवसरमा धार्मिक तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको हो । हलुवाइ समाज सेवा समिति इनरुवाले आफ्नो संगठनका अग्रज प्रतिनिधिलाई सम्मान गर्दै साँस्कृतिक तथा धार्मिक कार्यक्रमको आयोजना गरेर गणिनाथ जि महाराजको जन्मोत्सव मनाएको छ ।


श्री गणिनाथ मन्दिरबाट शुक्रबार बिहान सोभा यात्रा निकालिएको थियो भने सनिबार हलुवाइ समाज सेवा समिति इनरुवाले साँस्कृतिक तथा धार्मिक कार्यक्रमको आयोजना गरेको समितिका मलिक्क साहले जानकारी दिनुभयो । इनरुवा–४ सुनसरी खोला नजिकै रहेको मन्दिरबाट हलुवाइ समाज २७ औं जन्मोत्सवको अवसरमा उक्त सोभा यात्रा निकालेको हो । मन्दिरबाट सुरुभएको सोभा यात्रा इनरुवाको विभिन्न स्थानमा गएर पुनः मन्दिरमा आएर विसर्जन भएको थियो । सांस्कृतिक कार्यक्रम अन्तरष्त २४ घण्टे अष्टजाम , कलाकारहरुको प्रस्तुती जन्मोत्सवको बारेमा चर्चा र प्रबचन गरेको समितिले जनाएको छ ।