सुनसरीबाट धमाधम गाजाँ बरामद
जयकृष्ण यादव । इनरुवा
इनरुवा, भदौ १५ गते । सुनसरीबाट एकपछि अर्को स्थानबाट गाजाँ बरामद हुने क्रम जारी रहेको छ । पुर्वी पहाडी जिल्लाबाट लागू औषध गाँजा सुनसरी हुदै भारतीय बजारमा लागेक्रम जारी रहेकोले प्रहरी त्यसमा निगरानी बढाएकाले एकवर्षयता प्रत्येक महिना गाजाँ बरामद गरिहहेको प्रहरीले जनाएको छ । प्रहरीले सीमादेखी पहाडी क्षेत्रसम्म निगरानी बढाएकाले एकपछि अर्को स्थानबाट गाजाँ बरामद हुने क्रम जारी रहेको हो । हालै धरान उप–महानगरपालिका वडा नंम्बर १३ आँपगाछी स्थित कोशी लोकमार्गमा प्रहरी टोलिले धनकुटाबाट धरानतर्फ आउदै गरेको को.१.ख. २१६० नम्बरको यात्रुवाहक माइक्रो गाडीलाई रोकी चेकजाँच गर्दा दुईवटा झोलामा लागू औषध गाँजा २४ के.जी. फेला पारेको छ ।

प्रहरीले धनकुटाको शहिदभूमि गाउँपालिका वडा नंम्बर ६ का २९ वर्षिय कुशल राईलाई गाजाँ सहित पक्राउ गरेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । उता प्रहरी अधिकृतको टोलीले भारतको बिहार प्रदेश मोहिउदिनपुर घर भई सुनसरीको धरान २ बस्ने २८ वर्षिय मोहमद सहजादालाई लागु औषध सहित पक्राउ गरेको छ । प्रहरीले शंका लागि कानून बमोजिम तलासी लिदाँ मोहमदको साथबाट लागू औषध ट्रमानिल ६०,स्कूफ १७ ,स्पास्मो प्रोभन एक हजार २२६, नाट्राभेट ८६० ट्याब्लेट फेला पारेको छ । कानूनी रित पुर्याई बरामद गरी मोहमद सहजादालाई पक्राउ गरी सुनसरी जिल्ला अदालतमा सात दिनको म्याद थप अनुमति लिई अनुसंधान थालिएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । यसअघि कोशी गाउँपालिकाबाट , भोक्राहा नरसिंह गाउँपालिका र इनरुवा नगरपालिकाबाट पटकपटक गाजाँ बरामद गरेको प्रहरीले जनाएको छ ।
