सुनसरीको माननीयहरुलाई मेरो एउटा जिज्ञासा।

दिलिपचन्द साहु । इनरुवा
पूर्व पश्चिम राजमार्ग अब पकली कान्छी चोक- चतरा हुँदै अब कञ्चनपुर जोडिनु हो भने कोशी गाउँपालिकाको काटानमा बन्न लागेको अरबौको रिफ्रेसमेन्ट सेन्टर उपयोगमा आउँछ त ? निर्माण पछि पुलिसको ब्यारेक बन्ने त होइन ?

महेन्द्र राजमार्ग फोर लेनमा विस्तार भइरहेको बेला महेन्द्र राजमार्ग खण्ड खण्डमा टेन्डर लागेर निर्माणधीन अवस्थामा रहेको छ। तर काँकरभिटा देखि लौकहीं खण्ड १२० किलोमिटर रहेकोमा टेन्डर चाहिँ काँकरभिट्टादेखि पकली कान्छी चौक सम्म मात्र लागेको छ।

के नेपाल सरकारसँग पकलीदेखि लौकही सम्म २५ किलोमिटर राजमार्ग विस्तार गर्न बजेट पुगेन ? किन टेण्डर गरिएन ? इटहरीलाई जिल्लाको सदरमुकाम बनाउने षडयन्त्र भई रहेको त छैन् ? यस्तो नहोस् की, केही दिनभित्रै कोशी गाउँपालिका, भोक्राहा नर्सिङ गाउँपालिका, इनरुवा नगरपालिकाका जनताहरू काठमाडौँ जाँदा बस चढ्नका निम्ति पकली जानु परोस् । तसर्थ यी तीनटा पालिका माथि भइरहेको षड्यन्त्र बारे जनताहरु चनाखो हुनुपर्छ। नेताहरू जिम्मेवार र जवाफदेही हुनुपर्छ।