तीज विषेश शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
रुपेश कुमार मोची । इनरुवा
सुनसरीको इनरुवामा उधोग बाणिज्य संघ इनरुवाद्वारा तीज विषेश शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । सत्य नारायण मन्दिर सभा हतमा सयौको संख्यामा महिलाहरुको उपस्थितीमा महिलाहरुको महान पर्व हरितालिका तीजको शुभ अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा संघका अध्यक्ष वीरेन्द्रकुमार साह सहितको संघका पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो ।कार्यक्रममा सहभागीहरुले तीजको शुभकामना मन्तव्य राखेका थिए ।


तीजका गीतहरुमा भरमग्दुर मनोरन्जन लिदै कम्मर भाँचीभाँची नाचेका थिए भने स्थानियहरुले प्रस्तुत गरेका नृत्यहरु, गायन तथा अन्य प्रस्तुतीले कार्यक्रमको साङ्गितिक माहोल झनै तताएको थियो ।

कार्यक्रमलाई रौनक बनाउन महिलाहरुको भिडमा पुरुषहरुले पनि प्रस्तुति दिएका थिए । कार्यक्रममा म्युजिकल चियर कार्यक्तम र अभियन सहितको नृत्य प्रस्तुत गरेको थियो । कार्यक्रममा विभिन्न निकायका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
