जयकृष्ण यादव । इनरुवा
इनरुवा, भदौ १९ गते । नेपाल निजामति कर्मचारी युनियनको स्थापना दिवसका अवसरमा युनियन सुनसरीले जेष्ठ नागरिकहरुलाई फलफुल वितरण गरेको छ । युनियनका सुनसरी अध्यक्ष निखिल पोखरेलको अध्यक्षतामा मनाएको दिवसका अवसरमा युनियन सुनसरीले जेष्ठ नागरिकहरुलाई फलफुल वितरण गरेको हो ।


सम्पन्न भएको फलफुल वितरण कार्यक्रममा सुनसरीको इटहरी स्थित रामजानकी वृद्धाश्रमका रहेका २० जेष्ठ नागरिकहरुलाई फलफुल सहित शुभकामना आदानप्रदान गरिएको थियो । दिवसका अवसरमा युनियनले जेष्ठ नागरिकहरुलाई फलफुल वितरण गरेपछि जेष्ठ नागरिकहरुले खुसी व्यक्त गर्दै युनियनको स्थापना दिवशको शुभकामना समेत दिएको युनियनका हिरा साहले जानकारी दिनुभयो ।