गढी गाउँपालिकामा फ्यान अभिमुखिकरण कार्यक्रम
सुरेन्द्र कुशवाहा । औरावनी सुनसरी

सुनसरीको गढी गाउँपालिकामा फ्यान अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । इलाका प्रहरी कार्यालय दुहबीको आयोजना तथा गढी गाउँपालिकाको समन्वयमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमा लागुपदार्थ दुर्व्यसन विरुद्धको अभियान फ्यानका जिल्ला सल्लाहकार जयकृष्ण यादव र सदस्य शम्भु अधिकारीले सहजीकरण गर्नु भएको थियो ।


यादवले फ्यान बुलेटिन र भिते पत्रिकाको बारेमा प्रशिक्षण दिनु भएको थियो भने अधिकारिले फ्यानको स्थापना आवस्यकता , ओचित्य र रणनीतिको बारेमा जानकारी गराउनु भएको थियो ।






त्यस्तै ईलाका प्रहरी कार्यालय दुहबीका सदेन्श सावाले लागु पदार्थ र दुर्वेशन तथा देश सम्बन्धि एनको बारेमा जानकारी गराउनु भयो । अभिमुखिकरण सङ्गै ९ विद्यालयका फ्यान कलबमा आवध विद्यार्थिहरु लाई फ्याम अन्कित टि सर्ट वितरण गरिएको थियो ।


अभिमुखिकरण तथा टि सर्ट वितरण कार्यकमा गढी गाउँ पालिकाका अध्यक्ष आश नारायण चोधरि , उपाध्यक्ष अनिता कुमारी साह, इप्रका दुहबीका प्रहरी निरीक्षक मोहन पोखरेल , गढी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत दिल बाहदुर खडका गढी २ का वडा अध्यक्ष प्रभाकर माझी लगायतका उपस्थिति रहेकोे थियो ।





