विवाह गर्ने प्रलोभनमा युवती माथि पटक पटक बलात्कार, गर्भवती भएपछि कुटेर गरे गर्भपतन(भिडियो सहित)
इनरुवा, भदौ २२ गते । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाकी एक २३ वर्षिया युवतीले आफूलाई विवाहको प्रलोभनमा पारी पटक पटक बलात्कार गरेको र त्यसपछि गर्भवती भएकोमा केटापक्षकाले कुटेर गरे गर्भपतन गराएको दावी गर्नुभएको छ । पीडित युवतीले जिल्ला सदरमुकाम इनरुवा ३ का हसबुल मियाँका २४ वर्षिय छोरा इमारान मियाँले आफूलाई करिब दुई वर्षदेखी फोन कुराकानीमा अविवाहित रहेको र विवाह तिमसगैं गर्ने भनी एक वर्ष अघिदेखी इनरुवा तथा भोक्राहा नरसिंह गाउँपालिका ५ को उनको कामत घरमा प्रलोभनमा पारी पटक पटक बलात्कार गरेको र २०८० को मंसिर पुसमा गर्भवती भएकोमा केटा पक्षका परिवारले कुटेर गरे गर्भपतन गराएको दावी गर्नुभएको हो ।
सुरुमा फोनमा प्रेम जालको पासोमा पारेको पछि आफ्नो इक्छा विपरित शारिरिक सम्बन्ध राखेको र विवाहको प्रलोभनमा पारी नियमित पत्नी जस्तै व्यवहार गरेको र गर्भ बसेको थाहा पाएपछि केटाले औषधी खाएर गर्भ तुहाउन दबाव दिएको र नमानेपछि बच्चा राख्ने र परिवारसंग मिलेर बस्ने भनी इमरानले फागुन २६ गते आफ्नो इनरुवाको घरमा बोलाएकोमा केटा सहित उहका बुवा हसुबल, आमा आस्मा खातुत सहित थप परिवारका सदस्यले कुटेर गरे गर्भपतन गराएको पीडितले दावी गर्नुभएको छ । । पीडितले प्रमाण सहित गाउँमा बैठक पञ्चायती गर्दा वडा अध्यक्षदेखी प्रदेश सभा सदस्यसम्मको उपस्थितीमा घटनाको बारेमा छलफल भएकोमा केटाले राखने भनने कुरा गरेको र पछि आफूलाई राख्ने भन्दा प्रहरीमा दिएको जबरजस्तीकरणी र गर्भपतन सम्बन्धी मुद्धालाई कम्जोर पार्न मुस्लिम प्ररमपरा अनुसार निका पढाउने भनेर भारत लगेको र केही दिन उतै बन्धकी राखेर भाग्न उम्बन नदिई, फोन समेत खोसेर के कुन कागजमा निका पेपर भन्दै सही गराएको र पछि दुई हप्तामा प्रहरीमा मुद्धा कहाँसम्म पुगेको भनेर सोन्ध जादाँ हलाकबाट तिमिले नै केही नभएको र विवाह गरेको पत्र पठाएको होइन भन्दै प्रहरीले बताएपछि आफूले सो बारेमा आफूलाई थाहा जानकारी नभएको प्रतिकृया प्रहरीमा दिदाँ बलात्कारको मुद्धा दर्ता भएको र केटा फरार रहेकोमा जानकारी दिएको पीडितको कथन छ । घटनको बारेमा प्रहरीले अनुसंधान नगरेको र गर्भपतनको मुद्धा दर्ता नगरेको भन्दै मिडियामा आएको सुनाउनुभयो ।

घटनामा आरोपीत भनिएको इमरानका बुवा हसबुल मियाँले केटी जालसाजी र निराधार आरोप लगाएको प्रतिकृया दिनुभयो ।
गर्भपतन भएको बेला अस्पतालमा उपचार गराउदाँ हसबुलको बाट १३ हजार रुपियाँ लिएर आफू उपचाररत्त रहेको अस्पतालमा भोक्राहा नरसिंह ५ का वडा अध्यक्ष हबिब मंसुरी आएको बताएकोमा त्यसबारेमा मंसुरीले आंसिक स्विकार गर्नुभयो । घटना भएको पुष्टी गर्दै दुई परिवारका कुरा मिलेर जादाँ राम्रो हुने प्रतिकृया दिनुभयो ।
घटनाको विषयमा कोशी प्रदेश सभा सदस्य हाजि इसराईल मंसुरीले केही कुरामात्रै थाहा भएको पुष्टी गर्दै केटाकेटीको परिवारीबारिक कुराभएकाले मिलेर जादाँ राम्रो हुने प्रतिकृया दिनुभयो ।https://studio.youtube.com/video/nYBFa2fU65w/edit
