जयकृष्ण यादव । इनरुवा
इनरुवा, भदौ २३ गते । सुनसरीको हनिरगर गाउँपालिका वडा नम्बर–२ का समाजसेवी युवा पत्रकारको निमन्त्रणमा मौन कलाकारीताबाट विश्वलाई हसाउने चारली च्यापलीन कलाकार राजन कुमारको टिम सुनसरी आउने भएको छ । राष्टिय बाल दिवशको अवसरमा आयोजना हुने सांस्कृतिक कार्यक्रमका लागिे मौन कलाकारीताबाट विश्वलाई हसाउने चारली च्यापलीन कलाकार राजन कुमारको टिम भदौ २९ गते सुनसरी आउन लागेको हो । हरिनगर २ भुटाहा निवासी तबरेज आलम अन्सारीले निम्तो लिएपछि उहाँ नेपाल आउन लाग्नुभएको हो । निम्ताको क्रममा अंसारीलाई मौन कलाकारीताबाट विश्वलाई हसाउने चारली च्यापलीन कलाकार राजन कुमारको टिमले भारतको मुम्बईमा अन्सारीलाई सम्मना गरेको छ । चारली च्यापलीन कलाकार राजन कुमारले सम्मान गर्दै नेपाल भारत १९५० को भारत–नेपाल शान्ति तथा मैत्री सन्धि भारत तथा नेपाल बिच द्विपक्षीय सन्धि रहेकाले आफुहरुलाई सम्झेर निम्तो दिएकोमा सम्मान गरेको हो । राजन कुमारको टिमले अन्सारीलाई भारतको राष्ट्रिय झन्डा दोसाला लगाएर सम्मान गरेको थियो ।

१, राष्टिय बाल दिवशको अवसरमा आयोजना हुने सांस्कृतिक कार्यक्रमका लागिे मौन कलाकारीताबाट विश्वलाई हसाउने चारली च्यापलीन कलाकार राजन कुमारको टिम भदौ २९ गते सुनसरी आउने प्रतिवद्धता सहित सम्मान गर्दै ।