इनरुवा, भदौ २४ गते । सुनसरीको दुहवीमा छाला उद्योग विरुद्ध स्थानीय आन्दोलित बनेका छन् । दुहबी वडा नम्बर ६ मा रहेको युनाइटेड टेनराइज र एसियन लेदर छाला उद्योगबाट निस्कने प्रदुषणको दुर्गन्धले स्थानीयबासीलाई असर गरेको भन्दै आन्दोलित बनेका हुन् । फोहोर, दुर्गन्ध र प्रदुषणले आजित भएको भन्दै सरोकारवाला निकायमा ध्यानाकर्षण गराउदाँ समेत वास्ता नगरेको भन्दै उद्योग बन्द गर्ने चेतावनी सहित दुहवीमा छाला उद्योग विरुद्ध स्थानीय आन्दोलित बनेको स्थानीय चन्दन रौनीयारले जानकारी दिनुभयो । स्थनीयहरुले छाला उद्योग विरुद्ध आन्दोलन चर्काउने चेतावनी दिदै नाराबाजी गरेका छन् । स्थानीयहरुले नाराबाजी सहित उद्योग छेउमा पत्रकार सम्मेलन गर्दै सरोकारवाला निकायले वेवास्ता गरेकोले २४ घण्टा भित्र उद्योग बन्द गर्नुपर्ने र नगराए तालाबन्दी गर्ने चेतावनी दिएका छन् । प्रदूषण फैलाउने उद्योग बन्द गराउन माग गर्दै आन्दोलित स्थानीयले विभिन्न निकायमा निवेदन उजुरी दिए पनि कुनै कारबाही नभएको आरोप लगाएका छन् । उद्योग खुलेआम चलिरहेकोले स्थानीयहरु आक्रोशित हुँदै उद्योगमा ताला लगाउनुको कुनै बिकल्प नरहेको छाला फ्याक्ट्री पीडित संघर्ष समितिका सुकेन शर्माले बताउनुभयो ।
स्थानीयले पटक–पटक आग्रह गर्दा र दुहबी नगरपालिकाको न्यायिक समिति सहित जिल्ला प्रशासन कार्यालय सुनसरी र पर्यटन वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशमा निवेदन दिदाँ समेत सुनुवाई नभएकाले तालाबन्दी गर्नुपर्ने अवस्थामा आएको स्थानीय मो.सलमानले बताउनुभयो । माथिल्लो निकायको आडमा उद्योग सञ्चालकले बारम्बार फोहोर व्यवस्थापनमा लापरबाही गरेको स्थानीयको भनाई छ ।
युनाइटेड टेनराइज छाला उद्योगलाई वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशले पत्र पठाएर वातावरणिय अध्ययन (आईईई,इआईऐ) स्वीकृत नगराई उद्योग संचालन गरेको पाइएकोले उद्योग संचालन (छाला प्रशोधन) गर्न रोक लगाउदैं वातावरणिय अध्ययन स्वीकृत गराई मात्र उद्योग संचालन गर्न भनेकोमा त्यसको बेवास्ता गरेको पाइएको छ ।
एसियन लेदर छाला उद्योगलाई पनि(आईईई,इआईऐ)स्वीकृत गराई उद्योग संचालन गर्नुपर्ने भएकोले ७ दिन भित्र उद्योगको कागज पत्र लिएर उपस्थित हुन भनेको छ ।


१, सुनसरीको दुहवीमा छाला उद्योग विरुद्ध स्थानीय आन्दोलित बनेको जानकारी दिदै ।
तस्विर ः