जयकृष्ण यादव । इनरुवा
इनरुवा, भदौ २५ गते । सुनसरीको कोशी गाउँपालिकामा विद्यालय तहका विधार्थीहरुका लागि स्वयमसेवक विपत उद्धारकर्ता सम्बन्धी तालिम सुरु भएको छ । विद्यार्थीहरुलाई समुदायमा आधारित स्वयमसेवक विपत उद्धारकर्ता सम्बन्धी तालिम दिन सुरु गरेको हो । भविष्यमा आउन सक्ने सम्भावित विपत र जोखिमलाई मध्यनजर गर्दै उद्धारकर्ता तयार पार्ने उदेश्यका साथ स्वयमसेवक विपत उद्धारकर्ता सम्बन्धी तालिम थालेको कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अंसारीले जानकारी दिनुभयो । सशस्त्र प्रहरीले देशैभर ५०० जना उद्धारकर्ता तयार पार्ने उदेश्यले तालिम आयोजना गरिरहेकोमा कोशी प्रदेशको कोशी गाउँपालिकामा पनि तालिम सुरु गरेको अंसारीले बताउनुभयो ।
कोशी गाउँपालिकामा विद्यार्थीको लागि समुदायमा आधारित भोलेन्टीयर रेस्कयु डिाजास्टर रेस्पोन्स तालीम सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय पकली सुनसरीको आयोजना र कोशी गाउँपालिकाको कार्यालयको सह आयोजनामा तीनदिने तालिममा मंगलवारबाट सुरु भएको हो । कोशी गाउँपालिका १ स्थित लौकहीको बीपी स्मृति अध्ययन प्रतिष्ठानको सभाहल सुरु भएको तालीम सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेडक्वाटर सुनसरीका प्रमुख समेन्द्र बज्राचार्यको अध्यक्षता एवं कोशी गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीको प्रमुख आतिथ्यमा सुरु भएको जनाएको छ ।
कोशी गाउँपालिका क्षेत्रका विभिन्न ८ ओटा माध्यमिक विधालयका ५० जना विद्यार्थीहरुलाई समुदायमा आधारित तालिममा सहभागी गराएको जनाएको छ ।


१, सुनसरीको कोशी गाउँपालिकामा विद्यालय तहका विधार्थीहरुका लागि स्वयमसेवक विपत उद्धारकर्ता सम्बन्धी तालिमको उद्घाटन सत्रका अथितिहरु ।