द्वन्द्व रुपान्तरणका लागि संवाद तालिम
जयकृष्ण यादव । इनरुवा
इनरुवा, भदौ २५ गते । सुनसरीमा द्वन्द्व रुपान्तरणका लागि संवाद तालिम सुरु भएको छ । जिल्लाका दुई स्थानीय तहका जनप्रतिनिधि, नागरीक समाज र अगुवालाई लक्षित गरी सामाजिक द्वन्द्व, प्रभाव र समाज रुपान्तरणबारे अभिमुखिकरण गर्दै द्वन्द्व रुपान्तरणका लागि संवाद तालिम कार्यक्रम शुरु गरिएको आयोजकले जानकारी दिएको छ । सामाजिक परिवर्तन केन्द्र काठमाण्डौंको आयोजनामा कोशी गाउँपालिका र भोक्राहा नरसिंह गाउँपालिकाका जनप्रतिनिधी, नागरीक समाज र समाजका अगुवाहरु गरी ३० जनालाई प्रशिक्षित गर्न दुई दिने तालिम सुरु भएको हो । तालिममा भाक्रोहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजाद सहित वडाध्यक्ष, कार्यपालिका सदस्य, वडासदस्यहरु, वडा सचिव, नागरीक समाजका प्रतिनिधी न्यायिक समितिका सदस्य लगायतको सहभागिता रहेको सामाजिक परिर्वतन केन्द्रका फिल्ड अफिसर रमेश भट्टराईले जानकारी दिनुभयो । तालिम मंगलबारबाट शुरु भई बुधबार सम्पन्न हुने आयोजकले जनाएको छ । सुनसरीको कोशी गाउँपालिका र भोक्राहा नरसिंह गाउँपालिकामा सचेतना, सुशासन र जवलाफदेहिताका लागि कार्यक्रम गर्दै आएको जनाएको छ ।


१, सुनसरीमा सुरु भएको द्वन्द्व रुपान्तरणका लागि संवाद तालिमका सहभागिहरु ।
तस्विर ः
