देवराज यादव । सुनसरी

सुनसरीका बलाकार तथा साहित्यकार झोटन मेहताको रचना रहेको मिथिलाके बेटी भाग २ को बिमोचन हुदैछ । मैथली तथा मधेसी समुदायको जनवीविका र छोरी चेलीले खेप्नु परेको पीडालाई चित्रित गर्दै तयार पारिएको मिथिलाके बेटी भाग २ को बिमोचन गर्ने भएको हो । भदौ २८ गते सुनसरी सदरमुकाम इनरुवामा मौलिक मैथली गित मिथिलाके बेटी भाग २ को बिमोचन गर्ने तयारी भएको जनाएको छ ।

झोटन मेहताको रचना, हरुन रसिदको संगित, गायक बिरेद्र झा र माला राजबंसीको गायनमा मौलिक मैथली गित मिथिलाके बेटी भाग २ को बिमोचन गर्ने तयारी भएको अपन स्वर्ग नेपालले जनाएको छ । कला, संगितलाई समाजसेवाको रुपमा लिनुभएका कलाकार रबिना बिक, विजय माली, रन्जित गुप्ता, अनिता मेहता, राज सिंह, पवन भौर, राधा चौधरी सहित गितमा अभिनय गर्नुभएको छ । क्यमरामा सुजित शाह ,कलर रेनु चौधरी, अडिटर पर्शुराम चौधरीको बहुभाषिक कलाकारको अभिनय रहेको छ । यो छोरीमाथी हुने अत्याचारका विषयमा यो गित निर्माण भएको छ । अपन स्वर्ग नेपाल बहुभाषिक चलचित्र माहासंघले प्राविधिक रुपमा सहयोग गरेको छ ।